‘हामी पार्टी फुट्न दिँदैनौँ’



काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी विभाजन हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्य पौडेलले पार्टीभित्र पर्याप्त मात्रामा वैचारिक बहस भए पनि पार्टी विभाजन नहुने दाबी गर्नुभयो । नेता पौडेलले नेकपा कुनै हालतमा नफुट्ने दाबी गर्दै पार्टीलाई जनताले दिएको विश्वास गुमाउन दिन नहुने बताउनुभयो ।

युवा पुस्ताले पार्टीलाई अझ बलियो बनाउन लागिपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मलगायत धेरै नेता कार्यकर्ता यो पार्टी एक ढिक्का बनाउन लागेका छौँ । दुई अध्यक्ष केपी र प्रचण्ड पनि पार्टीलाई मजबुत बनाउन छलफलमा निरन्तर लागिपर्नुभएको छ ।”

प्रतिक्रिया दिनुहोस्