मल्लेसी पहिरो पिडितलाई राष्ट्रिय बाणिज्य बैंक बझाङको आर्थिक सहयोग



ललित सिंह,बझाङ ।

गत असार १९ गते राती अबिरल बर्षाका कारण केदारस्युँ गाउँपालिका वडानं ८ मल्लेसी गाउँमा २२ घर पहिरोले बगाई ७ जना को मृत्यु भएको दुखद घटनालाई मध्येनजर गरि राष्ट्रिय बाणिज्य बैंक बझाङका कर्मचारीहरूले २९ हजार ६ सय आर्थिक सहयोग गरेका छन् ।

पहिरोले बगाई गाउँनै बिच्ल्ली र बिस्थापित भएका स्थानीय बासिन्दाहरूको घाउँमा मलम लगाउन राष्ट्रिय बाणिज्य बैंक बझाङले आज पिडितलाई राहत स्वरूप बैकको संस्थागत सामाजिक उत्तरदायित्व र कर्मचारीहरूले ओभर टाईम काम गरेको पैसाले आज केदारस्युँ गाउँपालिका वडानं ८ का अध्यक्ष गणेश बोहरा लगायत मल्लेसी बाडिपिडित बिपद ब्याबस्थापन समिति लाई २९ हजार ६सय को चेक रावा बैक बझाङ का प्रवन्धक प्रकाश बिस्ट कर्मचारी प्रकाश बोहरा,विशनदेव जोशी रअन्य बैक कर्मचारीको संयुक्त सहभागीतामा चेक हस्तान्तरण गरेको छ ।

पहिरो पिडित २२ घरका परिवारहरू अहिले कोहि गाईगोरू बाध्ने छानामा (गोठमा) बस्दै आएका भन् भने कोहि बिद्यालयको कक्षाकोठामा बस्दै आएको केदारस्युँ गाउँपालिका वडानं ८ का वडा अध्यक्ष गणेश बोहराले बताए । उनले भने यस्तो बिपत्ति आई परेको बेला राष्ट्रिय बाणिज्य बैक ले घाउमा मलम लगाउने काम अतिनै मानबिय धर्म रहेको प्रशंसा गर्दै, असार १९ गते राती अहिले सम्मकै ठुलो धनजनको क्षतीहुने गरि पहिरो आएर २२ घरपरिवार बिचल्लीमा रहेको अवस्थामा हामीले गाउँपालिका,वडा,र अन्य सरोकारवाला निकायलाई राहत सहयोगको लागि अपिल गरिरहेका छौ । बिस्थापित परिवारलाई स्थापित गर्न लागिरहेको वडाअध्यक्ष बोहराले बताए।

मल्लेसी पहिरो पिडित परिवारलाई स्थापित गर्नको लागि वाडिपिडित विपद ब्यावस्थापन समिति बनाई तिन जनाको नाममा रा वा बैक बझाङमा खाता नं ४११००१००४६०१ खोली बिभिन्न सहयोगी हातहरूलाई सहयोग गर्न अनुरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्