नवलपरासी पूर्वका ४१ जना कोरोना जितेर घर फर्किए



घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीको अस्थाई कोरोना अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालय रजहरबाट ४७ जनाले कोरोना जितेर घर फर्केकाछन् । चिकित्सालयले आईतबार दिउसो जारी गरेको विज्ञप्ती अनुसार विभिन्न उमेर समूहका ६ महिला तथा ४१ पुरुष आईसोलेशनबाट विदा भएका हुन् ।

कोरोना जिती घर फिर्नेहरुमा गैडाकोटका ७ जना, देवचुली नगरका ६ जना, सदरमुकाम कावासोतीका ८ जना र मध्यविन्दुका २ जना रहेकाछन् ।यसरी नै पहाडी बुलिड.गटार गाउपालिकाका १३ जना, बौदिकालीका ३ जना, हुप्सेकोटका २ जना र विनयी त्रिवेणीका ६ जना घर फर्किएका हुन् ।

यही साउन ९ गते न्यानो फ्यारेन्जियल नमूना संकलन गरी पोखरामा गरिएको आरटि पीसिआर परीक्षणमा घर फर्कने सवैको नतिजा नेगेटिभ आएको थियो । यस अघि यहाको आईसोलेशनबाट एकै पटक ६३ जनाले कोरोना जितेर घर फर्केका थिए ।

हाल आईसोलेशनमा ४१ जनाले उपचार गराईरहेको र उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सालयका ब्यवस्थापक हरि प्रसाद सापकोटाले बताउनु भयो ।कोभिड १९ संक्रमण पुष्टि भई आईसोलेशन पुगे देखि यहांको प्राकृतिक उपचार पद्धती र मनोरञ्जनपूर्ण योगाभ्यासले कोरोनालाई सहजै जितेको घर फर्कने हरुले बताए ।

चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले योगध्यानका साथ आत्मवल बृद्धिका लागि मनोपरामर्स, प्रतिरोधी क्षमता विकासमा स्वस्थ्य भोजन सहित विजांकुरित गेडागुडी, गुर्जो, अश्वगन्धा जस्ता जडिबुटी दिने गरिएको बताउनु भयो ।
डा.पौडेलका अनुसार चिकित्सालयमा संक्रमितको उपचार भन्दा पनि उनीहरुमा रहेको भाईरसलाई कसरी कम गर्न सकिन्छ भनेर आहार विहार सहितका प्राकृतिक विधि अपनाउने गरिएको छ ।

संक्रमण रोक्न दुध वेसारको सेवन, घाटी सफा राख्न जननीति, उत्साह र स्फूर्तिका लागि नित्य गायन तथा नृत्यमा सरिक गराईने डा. पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्