पहिरो प्रभावित क्षेत्रमा खाद्य संकट पीडितको पीडा सुन्दैन सरकार



बासुदेव शर्मा,जाजरकोट ।

बाढी पहिरो प्रभावित क्षेत्रमा खाद्य संकट परेको छ । गत असार २५ गते अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित बारेकोटबासीहरु भोक भोकै बस्न थालेका छन् । आफुसग भएको खानेकुरा सकिएपछि विस्थापित परिवार समस्यामा परेका छन् ।

बारेकोट गाउँपालिकाका विभिन्न स्थानका नागरिकहरुले बाढी पहिरो त्रासका कारण गत असार २६ गते देखि घर छोडेर विस्थापित भएका छन् । कतिपय विद्यालयमा बसेका छन् भने कतिपय त्रिपाल हालेर जंगल भित्र सुरक्षित स्थानमा वसेका छन् । घरमा भएको अन्न सकियो घरमा भएको अन्न सकिएपछि भोकले मरिन्छकी भन्ने चिन्तामा नागरिकहरु परेका छन् ।

बारेकोटका करिव ६ सय भन्दा वढी परिवारहरु विस्थापित भएर विद्यालय, गोठ र चौरमा बसेका छन् । आफुसग भएको खाद्यन्न सकिदै गएको छ । किन्ने खाद्ययन्न पनि पाईदैन, किन्ने खाद्ययन्न नपाईएपछि विस्थापितहरु भोक भोकै वस्ना थालेको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले वताउनु भयो ।

बारेकोटमा उत्पादन भएको अन्नले पाँच, छ महिना मात्र पुग्छ यतिवेला कोरोना भाईरसका कारण लकडाउन भएपछि मानिसहरुले काम गर्न नपाउदाँ भित्रको सकिएकोले बाहिरवाट नभित्रिएका कारण समस्या परेको छ ।

यातायातको सुविधा भएको बारेकोटमा ढुवानी समस्याले निजि खाद्यय पसल छैन्न मानिसहरु खाद्य संस्थानको चामलको भर पर्ने गरेका छन् । बर्षेनी खाद्यय संकट भईरहने बारेकोटमा करिव २० हजार बासिन्दाका लागी भनेर सरकाले स्थापना गरेको खाद्य डिपो एक महिला देखि रितै हुदाँ नागरिकहरुलाई हात मुख जोड्नमा समस्या भएको छ ।

बारेकोटमा खाद्यय संकट चुलिदै गएको छ । केन्द्र सरकार र प्रदेश सरकारको आशा गरेका नागरिकहरुले प्रयाप्त खाद्यन्न नपाउदाँ त्रिपालमुनीको बसाईमा भोक भोकै बस्नु परेको गुनासो गरेका छन् । बाढी पहिरोको त्रासले विस्थापित भएर एकै ठाउमा ज्यान जोगाउन वसेका नागरिकहरु कोरोना भाईरस सर्छकी भन्ने त्रासले उतिकै सताएको छ ।

बारेकोट गाँउपालिकाले थोरै भएपनि खाद्यन्न लगाएत सहयोग गरेको छ । नेपाल रेडक्रसले त्रिपाल, कम्मल भाडाँकुडा र केयर नेपालले विस्थापितको सहयोगको लागी त्रिपाल, कम्मल भाडाँकुडा सहयोग गरेको छ । आशा गरेको केन्द्र, प्रदेश सरकारबाट खाद्यय लगाएत दैनिक उपभोग्य सामाग्री पाउन नसकेको विस्थापितहरुले गुनासो गरेका छन् ।

नागरिकलाई भोगबाट मुक्त गर्न नेपाल सरकारले खाद्यय डिपो स्थापना गरेको छ । ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या थपिदै गएको छ । बारेकोटम खाद्यय समस्या समाधान गर्नको लागी नेपाल खाद्यय संस्थानलाई चालु आर्थिक वर्षमा थप सहित तिन हजार पाँच सय क्वीन्टल चामलको कोटा निर्धारण गरेको छ ।

चामाल ढुवानीका लागी नेपाल सरकारले अनुदान दिदै आएको छ । ठेकेदारले चामल ढुवानी नगर्दा समस्या आएको हो । लेकाली र भिरालो जमिन भएकोले यहाँ उत्पादन निकै कम हुन्छ समय राम्रो भएपनि पाँच छ महिना मात्र खाना पुग्ने भएकोले सरकारले आवश्यक सहयोग गुर्न पर्ने स्थायिन तिर्थ बोहोराले वताउनु भयो ।

गत असार २५ गते बारेकोटको सार्कीटोलमा गएको पहिरोमा परि ११ जनाको ज्यान गएको छ भने १ जना अझै बेपत्ता छ । बेपत्ता फेला नपरेपछि खोजिका लागी गएको नेपाली सेना, शसस्त्र प्रहरी टोली सदरमुकाम फर्किसकेको छ । बारेकोट ६ को धुमाखोलाले बगाउदाँ दुई जना अझै बेपत्ता छन ।

प्रतिक्रिया दिनुहोस्