परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई एकद्वार संकट व्यवस्थापन सुरक्षा सामाग्री हस्तान्तरण



न्युज अफ नेपाल,काठमाडौ । 

महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीलाई एकद्धार संकट व्यवस्थापन केन्द्रमा व्यक्तिगत सुरक्षा सामग्री तथा सुत्केरी र गर्भवती महिलाका लागि मर्यादा सामाग्री हस्तान्तरण गरेको छ ।

कोभिड १९ को महामारी अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षा र एकद्धार संकट व्यवस्थापन केन्द्रमा सेवा लिन आउने अति जोखिम तथा हिंसाबाट प्रभावित महिला तथा बालिकालाई सहयोग गर्ने उद्देश्य अनुरुप ओरेकले यूएनएचसिआर र एलडब्लुएफ नेपाल साझेदार संस्थाको सहयोगमा व्यक्तिगत सुरक्षाको सामाग्रीहरु प्रदान गरेको हो ।

पीपीई सेट तथा मर्यादा सामग्रीहरु ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेद्वारा प्रसुती गृहका निर्देशक डा. संगिता कौशल मिश्र तथा ओसिएमसीमा कार्यरत स्वास्थ्यर्मीहरुको वीचमा हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका प्रत्येक सेटमा पीपीई लगायतका अन्य चिकित्सा प्रयोगका सामगी्रहरु मास्क, ग्लोब्स, चस्मा, क्याप आदि रहेका छन् भने मर्यादा सामगी्रमा महिला तथा बालिकाहरुका लागि व्यक्तिगत सरसफाइका लगायत कपडाजन्य सामगी्रहरु रहेका छन् ।

पिपिइ किट्स तथा मर्यादा सामग्री ग्रहण गर्दै अस्प्तालका निर्देशक डा. मिश्रले नेपालमा कोभिड १९ को संक्रमण पुष्टि हुने क्रम बढ्दै गइरहेको अहिलेको अवस्थामा सही सामग्रीहरु सही समयमा सहयोग गरेकोमा ओरेकलाई धन्यवाद दिँदै सहयोगी सामग्रीहरु यस महामारीको रोकथामको लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कोभिड महामारीले महिला तथा बालिकामाथि हुने लैगिंक विभेदमा आधारित हिंसाको जोखिमबढाएको छ । यसर्थ यस अवस्थामा प्रभावितको सहयोग, संरक्षण र न्यायका लागि स्थापना भएका संयन्त्रहरु प्रभावकारी ढंगले सञ्चालन हुनु आवश्यक छ ।

नेपाल सरकारले हिंसा प्रभावित महिला तथा बालिकाको आवश्यकक्ता संवोधनका लागि एकिकृत सहयोगी संयन्त्रको विकास गरी देशभर ६६ जिल्लामा ६८ वटा अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ ।

काठमाण्डौमा परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा मात्र यो सेवा उपलब्ध छ । यस केन्द्रबाट हिंसा प्रभावित तथा जोखिममा रहेका व्यक्तिले स्वास्थ्य उपचार, परामर्श र अन्य आवश्यक सेवाहरु एकीकृत रुपमा प्राप्त गर्न सक्दछन् ।

देशभर कोभिड १९ पुष्टि भएका विरामीको संख्या बढ्दै गएको अवस्थामा ओसिएमसीमा सेवा लिन आउने लैंगिक हिंसा प्रभावितको संख्या पनि बढ्दै गएको छ ।

यस अवस्थामा विरामीको परीक्षण र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको विषय महत्वपूर्ण हुने भएकोले सुरक्षित भएर काम गर्ने वातावरण निर्माण गर्न र सुरक्षित वातावरणमा सेवा प्रदान गर्नका लागि व्यक्तिगत सुरक्षा समाग्रीहरु अति आवश्यक रहेको छ ।

यसै अवस्थालाई मध्यनजर गर्दै विशेषतः ओसिएमसी र परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको लागि प्रदान गरिएको सुरक्षा उपकरणले ओसिएमसी मार्फत प्रदान गरिने सेवा र अस्पतालको कार्यलाई सुचारु गर्न सहयोग पुग्नेछ भन्ने अपेक्षा संस्थाले गरेको छ ।

संस्थाद्वारा प्रदान गरिएको सामाग्रीहरुः

-१०० सेट व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई
– १–१००० थान केएन ९५ मास्क, सर्जिकल मास्क
– परिक्षण मास्क सर्जिकल ग्लोब्स
-परिक्षण ग्लोब्स सर्जिकल क्याप
-५० सेट थर्मल गन र २०० सेट मर्यादा सामग्री सयोग गरेको जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्