चिनियाँ महावाणिज्य दुतावास हटाउने अमेरिकी निर्णय विरुद्ध चेतावनी



वेइजिंग/वासिंगटन (एजेन्सी)

अमेरिकाको ह्युस्टन स्थित चिनिया महावाणिज्य दुताबास ७२ घन्टा भित्र बन्द गर्ने आदेश दिएपछि चीनले त्यसको गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ । अमेरिकी सरकारबाट आफनो गलत फैसला तत्काल रद्द गर्न चिनियाँ विदेश मन्त्रालयले आग्रह गरेको छ । यदि अमेरिकाले कुनै गलत कदम उठाएमा चीन बाध्य भएर प्रतिक्रियामा केही गर्नु पर्ने हुन्छ ।

यसबीच अमेरिकी सन्चार माध्यमका अनुसार चिनियाँ कुटनिटिक नियोग भित्र ठुलो परिमाणमा गोप्य दस्तावेज जलाइएको छ । उक्त आगो निभाउन अग्निसमन विभागका कयौं दमकल नियोग अगाडी पुगेको हो । सामाजिक सन्जालमा शेयर गरिएका भिडियोमा उक्त कुटनिटिक नियोग भित्रबाट धँुवा निस्किरहेको देखिएको थियो । यद्यपी अग्निसमनका कर्मचारीलाई भित्र प्रवेश गर्ने अनुमति दिएको छैन ।

अमेरिकाको यस कदमले चीनसँगको सम्बन्ध झन तनावपुर्ण हुने आशंका बढेको छ ।अमेरिकी विदेश विभागका प्रवक्ता मार्ग आर्टागसले ह्युस्टन स्थित चिनियाँ महावाणिज्य दुतावासलाई बन्द गर्ने आदेश अमेरिकी वौद्धिक सम्पदा तथा आफ्ना नागरिकको निजी जानकारीको सुरक्षाका लागि गरिएको जानकारी दिए ।

चीनको उक्त दुतावासका माध्यमबाट अमेरिकामा देश विरोधी गतिविधिहरु भइरहेको उनले आरोप लगाए ।चीनले अमेरिकी सम्प्रभुताको उलंघन तथा अमेरिकी नागरिकलाई धम्की दिने काम भइरहेको थियो , यसलाई कुनै पनि मुल्यमा सहन सक्दैन । चीन पहिले देखि नै हामीसँग ब्यापार युद्ध छ र अमेरिकी रोजगार खोस्ने जस्ता गलत ब्यवहार गरिरहेको छ । जसले गर्दा चीनलाई ७२ घन्टा भित्रै ह्युस्टन स्थित चिनिया महावाणिज्य दुतावास खाली गर्न आदेश दिइएको हो – उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्