कोरोना भाइरसले रुप परिवर्तन गरिरहेको वैज्ञानिकहरुको दावी



लन्डन (एजेन्सी)

बेलायतका वैज्ञानिकहरुले विश्वभरी ६ लाख भन्दा धेरैको ज्यान लिइसकेको कोरोना भाइरसले रुप परिवर्तन गरिरहेको महत्वपुर्ण खुलासा गरेका छन् । कोरोना भाइरसमा हुने यस परिवर्तनले मानवलाई खोप बनाउन मद्दत मिल्न सक्ने वैज्ञानिकहरुले दावी गरेका छन् ।

वैज्ञानिकहरुले गरेको एक नयाँ शोधबाट नयाँ कोरोना भाइरसका केही म्युटेशन मानवको इम्युनिटी सिस्टमसँग सम्बन्धित त्यो प्रोटिनबाट दिशा निर्देशित छ जसले यसलाई कमजोर गर्न सहयोग गर्छ । तर भाइरस यसको विरुद्ध पुन सक्रिय हुन सक्ने वैज्ञानिकहरुले बताए । यो खोजले कोरोना भाइरस समाप्त पार्न नयाँ खोप तयार गर्नमा सहयोगी हुन सक्ने बताइएको छ ।

बेलायतको युनिभर्सिटी अफ बाथका एलन राइस सहित अनुसन्धानकर्ताहरुका अनुसार जब सबै जीवधारी उत्परिवर्तन अर्थात रुपमा परिवर्तन हुन्छ , त्यसबेला यो प्रक्रिया सामान्य रुपमा आकस्मि हुने गर्छ । तर कोरोना भाइसरको मामिलामा म्युटेसनको प्रक्रिया आकस्मिक नहुन सक्छ र मानव यसलाई कमजोर गर्नका लागि रक्षा तन्त्रका रुपमा म्युटेसन गरिरहेको अध्ययनमा बताइएको छ ।

कोरोना भाइरससँग सम्बन्धित यो अध्ययन चर्चित अखबार मलेक्युलर बायोलोजी एन्ड इभोल्युसनमा प्रकाशित भएको हो । वैज्ञानिकहरुले विश्वभरी १५ हजार भन्दा धेरै भाइरस जीनोमको आंकलन गरि ६ हजार अधिक म्युटेसनको पहिचान गरिएको छ । युनिभर्सिटी अफ बाथका मिलनर सेन्टर फर इभोल्युसनका निर्देशक लरेन्स हस्र्टले भने – हामी भाइरसको उत्परिवर्तन गरि यसमा हमला गरिरहेका छौ ।

उदविकासका क्रममा प्राकृतिक चयन सिद्धान्त अर्थात अस्तित्वका लागि प्रयत्नको सिद्धान्त अनुसार कोरोना भाइरस उत्परिवर्तन प्रक्रिया विरुद्ध पुन सक्रिय भएको अनुसन्धानकर्ताहरुले बताए । यो खोज कोविड १९ विरुद्धको नयाँ खोप बनाउन सहयोगी हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्