कोरोना संक्रमित महिला घरमै, दुई महिने शिशु पनि संगै



दुर्गाप्रसाद शर्मा,पर्वत ।

पर्वत जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएकी महिला घरमै रहेको पाइएको छ ।पर्वतको मोदी गाउँपालिका वडा न २ की २१ बर्षिया महिलामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमितको कन्ट्रयाक्ट टे«सिङका क्रममा परिवारका सदस्यमा संक्रमण पुष्टि भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ।

कोरोना संक्रमण पुष्टि भएकी महिला घरमा नै बस्र्दै आएकी छन । उनको दुई महिने शिशु पनि संगै रहेको छ । संक्रमित आमा र शिशुलाई कुस्माको गुप्तेश्वर स्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भैरहेको छ। सिसिएमसीका प्रबक्ता एबम सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बताउनुभयो ।

बर्षा याममा बाटो लगायतका कारण घरमै रहेकी संक्रमितलाई समयमा ल्याउन कठिनाई भएको छ । संक्रमित महिला संग शिशु रहेका छन । दुई महिने शिशुमा पनि निमोनिया भैरहने समस्या छ । संक्रमित आमा संग दुई महिनाको बच्चा भएका कारण राख्नुपर्ने बाध्यता छ तर शिशुलाई कसरी संक्रमण हुनबाट बचाउने भन्ने चिन्ता स्वास्थ्यकर्मीमा देखिएको छ ।

पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएकी महिला यसअघि गोरखपुरबाट सिधै देउपुर आएर बसेकी संक्रमित महिलाकी आफन्त हुन । उनी घरमा एक दिन बसेका कारण परिवारका सदस्यमा संक्रमण भएको हुन सक्छ । ‘पछिल्लो घटनाले संक्रमित महिलाबाट घर परिवारमा कोरोना सरेको देखिन्छ ।’ स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले बताउनुभयो ‘अहिले संक्रमित संगै दुई महिने बच्चा पनि भएका कारण केही समस्या परेको छ।’

यस अघि संक्रमण पुष्टि भएकी महिला ३० बर्षिया महिला भारतको उत्तरप्रदेश स्थित गोरखपुरबाट सिधै देउपुर स्थित घरमा पुगेकी थिइन । असार २१ गते सुनौलीबाट टयाक्सी रिर्जभ गरि घरमा आएर बसेको पाइएपछि वडा अध्यक्ष बिकास तिमिल्सिना आफैं गाडी लिएर घरमा पुग्नु भएको थियो ।

बिना जानकारी घरमा पुगेकी महिलाबाट नै परिवारका अन्य सदस्यमा संक्रमण पुष्टि भएको हुन सक्ने देखिएको छ । पहिले संक्रमित भएकी महिलाले परिवारका सदस्य संग सम्पर्क नै नगरेको बताएको वडा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । ‘कसै संग सम्पर्क नभएको बताएकी थिएन , अहिले घरमै अन्यलाई संक्रमण देखियो।’ उहाँले भन्नुभयो ।

देउपुरमा समुदायमा नै कोरोना देखिएपनि उक्त परिवार संग अन्य समुदायका ब्यक्तिको सम्पर्क भएको अहिले सम्म नदेखिएकाले डराउनु पर्ने अबस्था नरहेको वडा अध्यक्ष तिमिल्सिना बताउनुहुन्छ । यस अघि पनि पिसिआर नेगेटिभ आएर सामुदायिक क्वारेन्टाईनमा पठाइएकी कुस्मा नगरपालिका १० पिपलटारीकी महिलालाई प्रहरीले पक्रेर कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनी दुई हप्ता क्वारेन्टाईनमा नबसी ५ दिनमै घर गएकी थिइन ।

त्यसपछि उनको सम्पर्कमा रहेका परिवारका १२ जनाको आरडिटी परिक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको थियो भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अन्य थुनुवा र प्रहरीको समेत पिसिआर परिक्षण गर्दा नेगेटिभ रिर्पोट आएको थियो ।

पर्वत जिल्लामा भारत र तेस्रो मृुलुकबाट आउनेहरुलाई कुस्मा र मोदी गाउँपालिकामा बनाइएका पुलिङ्ग क्वारेन्टाईनमा राख्ने ब्यबस्था मिलाइएको छ । सबैको पिसिआर परिक्षण गरेपछि मात्रै पुलिङ्ग क्वारेन्टाईनबाट सम्बन्धित पालिकामा रहेको सामुदायिक क्वारेन्टाईनमा राख्ने ब्यबस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्