वाटफोर्डद्वारा तेस्रो मेनेजर बर्खास्त



लन्डन, (एजेन्सी)
यस सिजनको प्रिमियर लिगका खेलहरूमा राम्रो प्रदर्शन गर्न नसकेको वाटफोर्डले जारी सिजनमा तेस्रो मेनेजरलाई पनि बर्खास्त गरेको छ।
यस सिजनमा दुई खेल बाँकी रहेको स्थितिमा वाटफोर्ड रेलिगेसन जोनबाट ३ अंकले मात्रै माथि छ। त्यसैले, क्लबले मेनेजर निजेल पियरसनलाई बर्खास्त गरेको हो। उनी यस सिजनमा बर्खास्तमा पर्ने वाटफोर्डका तेस्रो मेनेजर हुन्। यसअघि यसै सिजनमा टोलीका मेनेजरहरू जाभी ग्रासिया र क्विके सान्चेज फ्लोरेस बर्खास्त भएका थिए।

क्लबले जनाएअनुसार वाटफोर्डमा सिजनको बाँकी खेलका लागि यु २३ कोच हेडन मुलिन्सलाई जिम्मा दिएको छ। पियरसनलाई जारी सिजनको अन्त्यसम्मका लागि गत डिसेम्बरमा मेनेजरमा आबद्ध गराइएको थियो। उनको नेतृत्वमा वाटफोर्डले लिभरपुलविरुद्धको जितसहित प्रिमियर लिगमा ७ खेल जितेको छ।

वाटफोर्डलाई रेलिगेसनको डर निकै भइरहेको क्लबले जनाएको छ। बाँकी दुई खेलमा म्यानचेस्टर सिटी र आर्सेनलविरुद्ध खेल्नुपर्ने हुँदा यदि दुवै खेल हारेमा रेलिगेसनमा पर्ने सम्भावना छ। टोलीलाई एक जितको आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्