बेसाकसेहिर टुर्किस लिगको नयाँ विजेता



इस्तानबुल, (एजेन्सी)
इस्तानबुल बेसाकसेहिरले तीन प्रमुख टोली फेनेरबाच, गालाटासारे र बेसिकटासलाई पन्छाएर पहिलोपटक टुर्किस सुपर लिग उपाधि जितेको छ।
१९९० मा स्थापित भएको टोली बेसाकसेहिरले काएसेरिस्पोरलाई १–० ले हराउँदै पहिलोपटक लिग विजेता बन्न सफल भयो। १९५९ देखि आयोजना हुँदै आएको टुर्किस लिग जित्ने बेसाकसेहिर छैठौं टोली हो।
टुर्किस लिगमा ट्राबजोन्सपोर दोस्रो र सिभासपोर तेस्रो भए। बेसिक्टास, गालाटासारे र फेनेरबाच क्रमशः चौथो, पाँचौं र सातौं स्थानमा रहे। ती तीन ठूला टोलीले ५४ सिजनका लिग उपाधि जितेका छन्। बेसिक्टासले त युरोपा लिग अर्को सिजनमा खेल्नेछ तर, गालाटासारे र फेनेरबाचले अर्को सिजनमा युरोपेली प्रतियोगिता खेल्न पाउने छैनन्।
तर, यसपटक यी तीनै टोलीको प्रदर्शन खस्केपछि नया“ टोलीको उदय भएको छ। बेसाकसेहिरबाट प्रिमियर लिगका खेलिसकेका खेलाडीहरूले खेलेका छन्। चेल्सीका पूर्वखेलाडी डेम्बा बा, लिभरपुलका पूर्वखेलाडी मार्टिन स्कर्टल र म्यानचेस्टर सिटीका पूर्वखेलाडी गाएल क्लिचीले खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्