साउनमा पशुपति मन्दिर नखुल्ने



न्युज अफ नेपाल, काठमाडौं ।

साउन महिनाको पहिलो सोमबार पशुपति मन्दिर नखोल्ने भएको छ । सरकारले जारी गरेको लकडाउन बुधबार ७ गतेसम्म कायमै रहेकोले दर्शनका लागि पशुपति मन्दिर खुला नरहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका सदस्य सचिब प्रदिप ढकालले साउनको पहिलो सोमबार लकडाउन भित्र परेकोले मन्दिर नखोल्ने बताउनुभयो । ‘साउनको पहिलो सोमबार लकडाउन भित्रै पर्छ अर्काे सोमबार खुल्ने नखुल्ने विषयमा सरकारको निर्णयको प्रतिक्षामा छौँ ।’, उहाँले भन्नुभयो ।

हिन्दुहरुका लागि साउन महिनाको चार सोमबारलाई विशेष रुपमा लिईन्छ । साउन महिनाको प्रत्यक सोमबार पशुपति लगायत देशभरको शिवालयहरुमा भिड लाग्ने गर्दछन् । व्रत बस्दै शिवको पुजा, दर्शन गरे पतिको लामो आयु बढ्ने, राम्रो पति मिल्ने जस्ता लाभ मिल्ने विश्वास पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्