टेलिकमको समर अफर



काठमाडौं, (नेस)

नेपाल टेलिकमले समर अफर ल्याएको छ । यसअघि उपलब्ध स्प्रिङ अफरअन्तर्गतका प्याकेजलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका अनुसार समर अफर साउन १ गतेदेखि ९० दिनसम्म उपलब्ध हुनेछ । कम्पनीले युट्युब स्ट्रिमिङ डाटा प्याकअन्तर्गत २५ रुपियाँमा एक दिनका लागि १ जीबी डाटा उपलब्ध छ । सोसल मिडिया प्याकअन्तर्गत १५ रुपियाँमा एक दिनका लागि २०० एमबी डाटा उपलब्ध हुनेछ । नाइट भ्वाइस प्याक यसअघि राति १० बजेदेखि बिहान ६ बजेसम्म उपलब्ध भएकोमा अब ७ बजेसम्म उपलब्ध हुनेछ । नाइट टाइम भ्वाइस प्याक १० रुपियाँमा ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध छ भने १५ रुपियाँमा ३ रातका लागि २ सय मिनेट र ३० रुपियाँमा ७ रातका लागि ३५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ ।

त्यस्तै अल टाइम डाटा प्याकअन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याक परिमार्जन भएको छ । यसमा ६० रुपियाँमा ३ दिनका लागि ४०० एमबी, सय रुपियाँमा ७ दिनका लागि ८ सय एमबी, २८० रुपियाँमा २८ दिनका लागि २ दशमलव ५ जीबी, ५ सय रुपियाँमा २८ दिनका लागि ७ जीबी र ८ सय रुपियाँमा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ ।

डे डाटा प्याकअन्तर्गत अब १० रुपियाँमा ८० एमबी र १८ रुपियाँमा २५० एमबी डाटा प्याक प्राप्त गर्न सकिनेछ । वान नाइट अनलिमिटेड डाटा अन्तर्गत राति ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने प्याकेज २० रुपियाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । डे भ्वाइस प्याकअन्तर्गत १२ रुपियाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२० मिनेट कल गर्न सकिन्छ । यो अफरमा प्रदान गरिएको १२० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने छ ।

यसैगरी १५ रुपियाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागँ हुने अनलिमिटेड कल अफरले निरन्तरता पाएको छ । लार्ज डाटा प्याकअन्तर्गत अब १ हजार ६ सय रुपियाँमा ६० दिनका लागि ३० जीबी प्याक र ३ हजार रुपियाँमा १२० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुनेछ । फोरजी÷एलटीई अफर अन्तर्गत १५ रुपियाँमा १ दिनका लागि जम्मा १०० एमबी डाटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्