खरेल साहेबले गरेका षड्यन्त्र पनि भयानक थिए



बसन्त कुंवर ।

खरेल साबको किताब पढ्दै छु। उहाँको पुस्तकको २०७–२०८ पान्ना हरुमा डीबी लामा काण्डको चर्चा छ जहां दरबार ,जर्णेल ऋषीकुमार पाण्डेय र रण बहादुर चन्द भै प्रहरी भित्र भयानक षडयन्त्र गर्दै छन् ।यो प्रसंग खरेल साबको पुस्तकमा गहिरीएर लेखिएको छैन सायद वहंलाइ पुरै गहिराइ थाहा नहुन् पनि सक्छ।तर यत्ती हल्का फुल्का रुपले लेखिएको छ की त्यस बेला प्रहरी भित्र एउटा भयानक षडयन्त्र भै रहेको थियो।

नया पुस्ताका प्रहरी अफिसरहरुले थाहा पाउने कुरा के छ भने बिषेशत आइजीपी हेमबहादुर सिंह र डीआइजी रणबहादुर चन्द जो दुबै सुदुर पश्चिमसंग संबन्ध राख्नुहुन्थ्यो र ठकुरी जातको हुनु हुन्थ्यो,वहांहरु दरबारको कर्णेल भरत गुरुड्ग र आइजीपी लामा साब संगको आक्रोस लाई उपयोग गरी देश भित्र क़रिब १४ बर्ष प्रहरीको नेत्रृत्वमा आफ्नै गुटले सासन गर्ने योजना बनाउदै हुनुनहुन्थ्यो।

त्यो सासन भनेको हेम साब सकीए पछी रणबहादुर चन्द आउने र रण बहादुर चन्द पछि तर जो आए पनि सुदुरपश्चिममकै अफिसर ल्याउने योजना थियो।त्यसैले रणबहादुर चन्द साबले यो षडयन्त्रमुलक काममा इन्सपेक्टर मात्र होइन जुनिएर अफिसर हरु समेत उतै तीरको सक्रिय बनाइ रहेका थिए ।

हेम साब आइजीपी हुनु हुन्थेन किनकी सिनियर त रत्न साब हुनहुन्थो । तर सरद चन्द्र शाह,मंन्त्री हेमबहादुर मल्ल लगायत दरबारका कर्णेल जर्णेलहरु लागि हेम साब लाइ रोल मिचेर आइजीपी त बनाइदिए तर हेम साबले पछि ती आफुलाई बनाउने हरुलाइ पनि सिध्याउन लागि रहेका थिए।अत हेम साब बाहिर बाट हेर्दा भलाद्मी देखिए पनि भित्र बाट सबै षडयन्त्रको शुत्रधार थिए। उनले ति षडयन्त्र सफल पार्न अगाडि डिआइजी रण बहादुर चन्द लार्इ कमाण्डर बनाए।

अब क़रिब १४ –१५ बर्ष शमसन गर्न पहिला त आफु पछि हेम साबले रणबहादुर चन्द लाइ आइजीपी बनाउनु पर्दथ्यो तर रत्न साब एआइजीपी थिए र पछिको रोलक्रमका पनि। अत पहिलो खेल बाहिरका ब्यापारीहरुसंग जोड़ी रत्न साब लाइ सिध्याउने षडयन्त्र सुरु भयो।
रत्न साब दरबारको नाता गोता भएकाले मात्र बचे।त्यसपछि हुने इन्द्रबहादुर शेरचन र हॉडंसिह चेम्जोङ भन्ने डीआइजीपी साबहरु लाइनमा थिए, तिनइ त यसै काण्डमा लामासाबसंग जोड़ीेरजागिर खोसियो। त्यसपछी आउने ध्रुब साब खरेल साबहरु थिए तीनलाई पनि यसै केसमा सिध्याउने योजना भयो र थुप्रै सिद्धिए तर खरेल साब र ध्रुब प्रधान साब बाल–बाल बचे।

यसरी सिध्याउन हेम साब र रण बहादुरचन्द साबले क्यालकुलेटिभ ढंगले पहिला माथी जाने अफिसरहरुलाई टार्गेट बनाउथें र तीनका बिरुद्ध षडयन्त्र गर्दथे।रणबहादुर चन्द साब एउटा पुरानो केश खोतलेर खरेल साब लाइ खोस्न चाहान्थे यसै उदेश्यले उनले खरेल साब काठमाडौ प्रहरी प्रमुख हुंदा एक “स्ट्रिट हकर” जो फुटपाथमा क्युरियो सामान बेच्दथे तीनलाई समातेको र छोडिएको केश उठाइ उनलाई जागिर बाट सिध्याउने योजना गरे।यो कुरा खरेल साबको पुस्तकको २०७–२०८ पेजमा उल्लेख छ जॉहा उनको पालामा चलाइएको सबै मुद्दाका फ़ाइल झिकाइएको थियो र खरेल साब लाइ जागिरबाट हटाउन प्रमाणहरु खोजिएको थियो ।

खरेल साब आफु माथी षडयन्त्र भएको भन्दै चित्त दुखाउन आइजीपी कॉहा पुग्दछन् तर भित्री रुपमा आफै संलग्न रहेका हेम साब ले गोहीको ऑसु बगाउछन् तर त्यस बेला पुराना फ़ाइल खोतल्दा कुनै गल्ती भएको प्रमाण नभेटीएकाले खरेल साबको जागिर बचेको थियो र पछी उहाँ आइजीपी हुनुभएको थियो ।

यो पुस्तक पढ्दा मलाइ खुसी लाग्यो की खरेल साबले आफ्नै आइजीपी र हाकिम मिलेर गरेका भयानक षडयन्त्र आफैले देख्नु भयो र खेप्नु भयो। यो अनुभबले उहां लाइ आफु बाट चॉही त्यस प्रकारको तल्ला तह माथी अन्याय नहोस् भन्ने कुरामा सचेत गराउनु पर्ने थियो तर मैले देखेका जब खरेल साब आइजीपी हुनु भयो उहांले पनि त्यसै गरी आफ्नो गुट बनाउनु भयो र त्यसै गरी आफु पछि फलानो फलानोलाइ आइजीपी बनाउने भन्दै शक्तीको दुरुपयोग र बृत्ती बिकास पद्धतीको धज्जी उडाउन थाल्नु भयो नत्र प्रहरीमा श्यामभक्त थापा , ओम बीक्रम राणा जस्ता असक्षम हरु कुनै पनि हालतमा आइजीपी हुने थिएनन्।त्यस पछी समेत उहांको गुटगत सोचले ख़राब प्रहरी नेत्रृत्व तहमा पुगे।

उहांले एआइजी र आइजीपी हुदा गरेका अनगिन्ती षडयन्त्र छन् तर मेरो बिरुद्ध त म डीएसपी हुदा “आसरा “ स्थापना गर्दा लिएको २५ हज़ार रुपैया भ्रष्टाचार गर्यो भनी बिमला थापा साब बाट छानविन गराउनु भयो जसरी रणबहादुर चन्द साब ले पुराना घटना खोतल्दथे।के २५ हजारले आसरा केन्द्र बन्थ्यो त्यहा मेरो आफ्नै नीजि लाखौ रक़म परेको थियो।उहांले मलाइ सप्तरीमा जनताले दोसल्ला ओढ़ाए भन्नेमा पनि छानबीन गराए।सरकारको निर्णयमा बैंकक जॉदा पनि ग्रेड रोक्का गरे ।अरु पनि थुप्रै उनले गरेका अन्यायहरु छन् ,रणबहादुर चन्द र हेम साबको सासनमा गरिने झै गरी गरिएका षडयन्त्रहरु।

आज जब म यो खरेल साबले लेखेको पुस्तक पढ्दै छु झल्लझलती हेम साब र रण बहादुर चन्दसाब हरुले ीन्रपराध तल्ला प्रहरी कर्मचारीहरु माथी गरेका अन्यायहरु संझी रहेको मात्र छैन बल्कि त्यस बखतका पिडित खरेल साब आफै आइजीपी भए पछि उनले पनि त्यसैगरी अरु माथी अन्याय गरेको संझी रहेको छु ।खरेल साबले रण बहादुर चन्दले आफु माथी गरेको अन्याय नया पुस्तालाइ जानकारी गराउन जसरी पुस्तकमा लेख्न बाध्य हुनु भयो त्यसै गरी म पनि खरेल साबले गरेको अन्याय हरु पुस्तक नै बनाइ नया पुस्तालार्इ जानकारी गराउन बाध्य भएको छु।

मलाइ खरेल साब आइजीपी हुंदा उहांबाट तल्ला प्रहरी कर्मचारी माथी भएका अन्यायहरु लेख्ने प्रेरणा पनि खरेल साबकै पुस्तकले दिएको छ । मान्छे लाइ परेर चेत आउछ भन्ने कुराको पनि कुनै ग्यारेन्टी हुदो रहेनछ

प्रतिक्रिया दिनुहोस्