न्युज अफ नेपाल,हेटौंडा ।
‘नीति र विधिप्रधान पार्टी निर्माणका लागि’ भन्दै हेटौंडामा पूर्वमाओबादीसमेत सम्मिलित नेता÷कार्यकर्ताले प्रधानमन्त्री केपीओली पक्षधरले सोमबार गरेको प्रदर्शनको मंगलबार जवाफ फर्काएका छन् ।उनीहरुले हेटौंडा–५, पुष्पलाल पार्कनजिक रहेको नेकपा मकवानपुर पार्टी कार्यालय घेराउ गर्नुका साथै केन्द्रीय सदस्यमार्फत् पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले नेकपा मकवानपुर सचिव प्रेमबहादुर पुलामीमार्फत् केन्द्रीय सदस्य कुमारी मोक्तानलाई ज्ञापनपत्र बुझाएका थिए । पार्टी सिद्धान्त र संस्थागतढंगबाट चल्नुपर्ने माग राख्दै उनीहरुले पुलामीलाई ज्ञापनपत्र बुझाएका हुन् ।केन्द्रीय सदस्य मोक्तानले युवा र विद्यार्थीको मागलाई केन्द्रीय कार्यालयसम्म लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्ञापनपत्र ग्रहण गरेपछि सचिव पुलामीले युवा र विद्यार्थीको मागअनुसार पार्टीलाई थप एकतावद्ध बनाएर लैजान नेतृत्व गम्भीर बन्नुपर्ने बताउनुभयो ।
नेकपा पार्टी कार्यालयमा पूर्वमाओबादीनिकट नेता/कार्यकर्ताले धर्ना दिए । उनीहरुले पार्टी विधिसम्मत्ढंगबाट सञ्चालन हुनुपर्ने माग राखे । कार्यक्रममा नेकपा मकवानपुर जिल्ला सचिवालय सदस्य जगन्नाथ पाण्डेसहित पूर्वमाओबादी नेता÷कार्यकर्ताको उपस्थिति थियो । उनीहरुले ‘फुटबादीहरु होसियार’, ‘व्यक्ति होइन, नीतिप्रधान पार्टी निर्माण गरौं’, ‘पार्टी बैठकमा मन माझामाझ गर–बाहिर तमासा बन्द गर’ जस्ता नारा लगाएका थिए ।
ज्ञापनपत्रमा पार्टी नेतृत्वमा देखिएको मनमुटावले पार्टीको कार्यकर्तामा निराशा पैदा भएको उल्लेख गरिएको छ । उनीहरुले नेपाली जनताले नेकपालाई पूर्णरुपमा विश्वास र भरोसा गरिरहेको अबस्थामा पार्टी र सरकारले अगाडि सारेको ‘सुखी नेपाली–समृद्ध नेपाल’ को नारालाई सार्थक बनाउने गरी संविधानमै समाजवादको बाटो तय भएको सुखद् क्षणमा इतिहासले सुम्पेको अवसरलाई कुशलतापूर्वक वहन गर्न आग्रह गरे ।
पार्टीभित्र सरकारले जनअपेक्षानुसार काम गर्न नसकेको, पार्टी एकतालाई मजबुद पार्न खेल्नुपर्ने भूमिकामा समस्या देखिएकोले शीर्ष तहमा भएको कटाक्ष एवम् मनमुटावका कारण सिंगो पार्टीमा क्षति पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।ज्ञापनपत्रमा राष्ट्र, राष्ट्रियता र सरकारका नाममा सडकमा देखिएको संगठित तथा असंगठित पार्टी फुटको वीजारोपण गर्ने कथित कार्यक्रम, नाराप्रति असहमति रहेको उल्लेख गरिएको छ । विभाजन र फुट होइन, एकता र संकटमा कार्यकर्ताको भावना र मर्म पार्टीको निर्विकल्प शर्त हुनुपर्ने प्रदर्शनमा उत्रिएका कार्यकर्ताको माग छ ।
‘कोही कसैविरुद्ध उत्तेजित हुन र बनाउनु हँुदैन भन्ने कुरामा विश्वाससहित कुनै पनि बहानामा पार्टी फुटको हर्कत गर्ने र गराउने प्रवृत्तिको घोर भत्र्सना गर्दछौं,’ उनीहरुले भनेका छन् ।पछिल्लो राजनीतिक घटनाक्रममा नेकपा दुई खेमामा विभाजन भएको छ । पूर्वएमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट खेमाले सोमबार ओलीको पक्षमा हेटौंडामा ¥याली निकालेपछि रुष्ट पूर्वमाओबादीसमेत पक्षधरले मंगलबार पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् ।
पूर्वएमालेको ओलीनिकट विद्यार्थी र युवाले उहाँको समर्थनमा सोमबार हेटौंडाको बुद्धचोकमा ‘कम्युनिष्ट युवा विद्यार्थी मकवानपुर’ को ब्यानरमा प्रदर्शन गर्दा मंगलबार पूर्वमाओबादीसमेत सम्मिलितले ‘एकताका लागि दबाब अभियान, मकवानपुर’ को ब्यानरमा प्रदर्शन गरेका हुन् ।











प्रतिक्रिया