बासुदेव शर्मा,जाजरकोट ।
बर्षायाम शुरु भएसगै जाजरकोट बाढी पहिरोको उच्च जोखिममा छ । सरोकारवाला निकायहरुले जोखिमलाई न्युनिकरण गर्न पुर्व तयारीका लागी आवश्यक छलफल गरेका छैनन् । दिन प्रतिदिन अविरल बर्षा हुदाँ नागरिकहरु घरमा बाढी पहिरो जान्छकी भनेर त्रसित हुने गरेका छन् ।
भेरी नगरपालिका ११ जगतिपुरका गणेश वरका दुई बर्षका छोरा पुष्कर वर पहिरोमा बेपत्ता भएका थिए । दुई वर्ष अघि भेरी नगरपालिका ३ ठाँटी नजिकै गएको पहिरोले दुईवटा घर पुर्दा ८ बालवालिका सहित ९ जनाको ज्यान गएको थियो । भिरालो जमिनमा बनाएका घरलाई पहिरोले पुर्दा भाडामा वस्ने नौ जनाको ज्यान गएको हो ।
दुई वर्ष अगाडी जुनीचाँदे गाउँपालिकाको गर्खाकोटमा गएको पहिरोमा परि २ जनाको ज्यान गयो । गत बर्ष नलगाड नगरपालिकाको कैना खोलामा आएको बाढीले सयौ मुरी धानखेत ५ वटा घट्ट १ वटा ट̯स व्रिज ३ दर्जन घट्ट र मिल वगाएको थियो । नलगाड ३ करुवामा आएको पहिरोले गाँउ नै जोखिममा पर्दा २० घर विस्थापित भएका थिए ।
यस वर्ष पनि ति वस्तीहरु बाढी पहिरोको अति उच्च जोखिममा छन् ।मध्यपहाडी लोकमार्गमा नालीको व्यवस्थापन नहुदाँ जथाभावी रुपमा आएको पानीले भेरी १३ का करिव १२ घर जोखिममा रहेको स्थानिय रामचन्द्र न्यौपानेले बताउनु भयो ।
सदरमुकाम भित्र पर्ने जाजरकोट डोल्पा सडकको रेडक्रस नजिक गएको पहिरो गएपछि एक हप्ता यातायात अवरुद्ध भएपछि भेरी नगरपालिकाले मर्मत गरेर एकतर्फी यातायात संचालन गरेको छ । अविरल बर्षा भईरहे जुनसुकै वेला सडक भासिने खतरा छ । बर्षायम शुरु नहुदै पहिरोका कारण ग्रामिण सडक वन्द भईसकेका छन । डोजर चालकनै ईन्जिनियर भएर सडक खनेपछि बाढी पहिरोको जोखिम बढेको स्थानियको भनाई छ ।
प्राविधिकको डिजाईन स्टमेट विना अन्धाधुन्ध पहाडमा डोजरले खनेका कारण बर्षातमा धेरै घरपरिवार पहिरोको जोखिमले रातभर जाग्राम वस्नु पर्ने वाध्यता रहेको भेरी नगरपालिका १३ का ध्रुव प्रसाद शर्माले वताउनु भयो । स्थानिय सरकारले जोखिम न्युनिकरण र रोकथामको लागी कुनै पहल गरेको पाईदैन । उल्टै डोजरले बाटो खन्न हतार गरि रहेको छ । बाटो खन्दा निम्तिन सक्ने जोखिम रोकथामका कुनै योजना नबनाएको वताउनु भयो ।
ग्रामीण क्षेत्रका गाँउ वस्तीमा सडकका नाममा जथाभावी डोजर प्रयोग बनबिनास, नालीको व्यवस्थापन नगरि निर्माण गरेका कारण वर्षातको पानीले पहिरोको उच्च जोखिम भएको स्थानियको भनाई छ । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तिले नगर क्षेत्र भित्र भत्किएका सडकको मर्मत र पहिरो रोकथामका लागी नगरको वजेटले नपुग्ने बताउदै संघिय, प्रदेश सरकारले सहयोग गर्नु पर्ने वताउनु भयो ।
पहिरोको जोखिमबाट नगरबासीलाई जोगाउन विशेष गुरु योजना आवश्यक भएकोले प्रयाप्त वजेट नहुदाँ समस्या भएको वताउनु भयो । अति जोखिम भएका स्थानमा तारजाली हाल्ने काम बाहेकका काम गर्न नसक्ने वताउनु भयो । जोखिमलाई ख्याल नगरि जथाभावी घर बनाउदाँ पुर्वतयारी नहुदाँ बर्षेनी बाढी पहिरोले धनजनको ठुलो क्षति हुने गरेको छ ।
माटो परिक्षण नगरि घर बनाउनुजथाभावी डोज प्रयोग गरेर सडक निर्माण, ढलनिकासको उचित प्रवन्ध, बनजंगल विनासले गर्दा पहिरोको बढदै गएको जिल्ला समन्वय समितिका संयोज मन बहादुर रावले वताउनु भयो । बाढी पहिरो रोकथामका लागी तिन वटै सरकारले विपदको सामनाको लागी पुर्वतयारी अपनाउनु पर्ने वताउनु भयो ।











प्रतिक्रिया