कोरोना जितेका युवाले घरमा पुगेर गरे आत्महत्या

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

पाल्पामा कोरोना जित्दा खुशी हुदै घर फर्केका एक युवाले घरमा पुगेर आत्महत्या गरेका छन । रम्भा गाउँपालिका ४ हुमिनका २० वर्षिय युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेका हुन् ।

गाउपालिकाका वडा अध्यक्ष भोज बहादुर बिकका अनुसार महिना अघि भारतको बम्बईवाट घर फर्किएर घर नजिकैको जनहित भगवती मा.बिको क्वारेनटिनमा वसेका थिए । उनको पिसिआर विधिबाट स्वाव परिक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

संक्रमण पछि ति युवालाई तानसेन स्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेशनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झुण्डिएर आत्म हत्या गरेका हुन् ।

उनी २८ दिन सम्म बिद्यालयको क्वारेनटिन र १५ दिन अस्पतालको आइसोलेशनमा बसेका थिए । मृतक गहतराजको बुवा तराई तिर बस्दै आएको र आमा वेपता भएको स्थानीयले वताएका छन ।