काठमाडौं, (नेस) ।
११ बर्ष देखि फरार रहेका एक कुख्यात अपराधीलाई बारा प्रहरीले पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका १८ बस्ने तिकल भन्ने नन्दु बैठालाई प्रहरीले पक्राउ गरेको हो ।
बैठाले २०६६ वैशाख १७ गते बाराको तत्कालीन फेटा गाविस–१ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयका शिक्षक प्रदीपकुमार तिमिल्सिनालाई होली हानी हत्या गरेका थिए । बिद्यालयबाट घर जाँदै गरेका तिमिल्सिनालाई बैठासहित सुनिल जैसवाल, विजय पटेल र रामनारायण सहनी मिलेर गोली हानी हत्या गरेका थिए ।
यसअघि उक्त गोली काण्डमा सहभागी तीन जनालाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी कारबाही गरेको थियो भने बैठा भागेर बच्दै आएका थिए । उक्त घटनापछि भारत भागेका बैठा लकडाउनको बेला नेपाल प्रवेश गरेको सुराकी पाएको प्रहरीले सोमबार पक्राउ गरेको थियो ।











प्रतिक्रिया