काठमाडौं, (नेस) ।
झन्डै २ किलो अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–३ बस्ने पदमबहादुर थिङलाई लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
लागूऔषधको अवैध कारोबारमा संलग्न रहँदै आएका थिङको बारेमा ब्युरोले लामो समयदेखि निगरानी गर्दै आएको थियो । उक्त लागूऔषधको मूल्य २ करोड पर्ने बताइएको छ ।











प्रतिक्रिया