खोटाङमा फेरि एकजनामा कोरोना पुष्टि,११ मध्ये ४ जना निको



रामधन राई,खोटाङ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँका ३० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । गत असार २ गते भारतको आईलेण्डवाट झापाको भद्रपुर आई क्वारेण्टाईनमा बसी जिल्ला आएको उनीमा असार २२ अर्थात सोमवार कोरोना पुष्टी भएको हो ।

झापामा आरडीटी जाँच गराएपछि सोही जिल्ला प्रशासन कार्यालयवाट पास लिई असार १० गते जिल्ला आएका युवालार्ई दिक्तेलवजारस्थित माटिकोरे कभर्ड हलको क्वारेण्टिनमा राखिएको जिल्ला प्रशासन कार्यालय खोटाङले उल्लेख गरेको छ । ना १ ज ४२८९ नम्बरको सुमोमा चालक खगेन्द्र तोलाङगीसँग उनी जिल्ला आएका थिए ।

असार १९ गते नगरपालिकाबाट ६७ जनाको पिसिआर संकलन गरी शुक्रराज ट्रफिकल टेकू काठमाण्डौं लगिएकोमा असार २२ मा आएका सवै रिपोर्टमध्ये उनको मात्र पोजेटिभ आएको जिल्ला अस्पताल खोटाङका डाक्टर शैलेस श्रेष्ठले जानकारी दिनुभयो ।

उनलाई थप उपचारको लागि कोरोना अस्पताल पठाउने तयारी भईरहेको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४, रावाबेंशी गाउँपालिकाका १ र ऐंसेलुखर्क गाउँपालिकाका १ जना कोरोना संक्रमित छन् । उनीहरुलाई उपचारमा पठाइएको छ । हलेसीका ४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्