संक्रमणका कारण मृत्यु भएका व्यक्तिबाट कोरोना सर्छ की सर्दैन ?



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणबाट मृत्यु भएका मानिसको शवबाट कोरोना नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा प्रदर्शन हुन थालेपछि मन्त्रालयले शनिबार गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो । मृत्यु भइसकेका व्यक्तिबाट कोरोना संक्रमण नसर्ने बताउदै मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेका छन् ।

यस्तै, मृतकको शव जलाएर व्यवस्थापन मात्र नभइ गाडेर वा अन्य तरिकाले समेत गर्न सकिने गौतमले बताए ।कोरोना संक्रमण खोक्दा, बोल्दा, हाछ्युँ गर्दा निस्कने थुकको छिटाबाट मात्रै सर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्