‘युरोप नेपाली खबर’ अनलाईन पत्रिकाको पर्यटनमन्त्री भट्टराईद्वारा उद्घाटन



दिपेन्द्र गजुरेल,स्पेन ।

युरोपबाट संञ्चालनमा आएको ‘युरोप नेपाली खबर’ अनलाईन पत्रिकाको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भिडियो कन्फरेन्स एप जुममार्फत् उद्घाटन गर्नुभएको छ । शनिबार अपरान्ह पत्रिकाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले कोरोना भाईरसका कारण विश्व थला परेको अवस्थामा विश्वभर रहेका संञ्चार माध्यमहरुले अत्यन्त महत्वपुर्ण भुमिका निर्वाह गर्दै सूचना प्रवाह गरेकोमा सबै पत्रकारहरूलाई धन्यबाद ब्यक्त गर्दै, पत्रकारहरुले प्रवासमा रहेका नेपालीहरुका समस्याहरूलाई समाचारका माध्यमबाट सरकारलाई ध्यानकर्षण सहित खबरदारी गरिरहेको बताउनुभयो ।

मन्त्री भट्टराईले विदेशमा रहेका नेपालीहरुको अवाजलाई बुलन्द गर्नका लागि नेपाली खबरले महात्वपुर्ण भुमिका खेल्नेमा आफु पूर्ण आशाबादी रहेको बताउँदै पत्रिकाको सम्पुर्ण टिमलाई सफलताको शुभकामना समेत दिनुभएको थियो ।

अनलाईन खबरका सल्लाहकार बलराम थापाको अध्यक्षता तथा संस्थापक सम्पादक राज कुमार थापाको संचालनमा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघंका केन्द्रीय अध्यक्ष कुमार पन्त,एनआरएनएका पूर्व उपाध्यक्ष तथा सामाजिक अभियान्ता कुल आचार्य, फ्रान्सका नेपाली राजदुत दिपक अधिकारी , नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष गोबिन्द अचार्य , महासचिव रमेश विष्ट , एनआरएन केन्द्रीय उपाध्यक्ष डा. बद्रि केसी , अर्का उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ , महासचिव डा. हेमराज शर्मा , प्रवक्ता डिबि क्षेत्री , नेपाल पत्रकार महासघं युरोप शाखाका अध्यक्ष केजिन राई , पत्रकार महासघं बेल्जीयम शाखाका संयोजक ओम शर्मा , पोर्तुगल शाखाका सयोजक योगेन्द्र मिलन छन्त्याल , गैरआवासीय नेपाली सघं पोर्तुगलका अध्यक्ष तिलक गैरे , एनआरएन युरोपका क्षेत्रिय संयोजक नारायण अचार्य , युरोप उपसंयोजक मुक्त बहादुर गुरूङ्ग, एनआरएनए स्पेनका उपाध्यक्ष उत्तर कुमार राई नमुना नेपालका सम्पादक कलश खरेल , पोल्यण्ड न्युजका सम्पादक शेर बहादुर परियार लगाएत जपान , अमेरिका , नेपालका पत्रकार एवमं समाजिक अभियान्ताहरू र विभिन्न सघंसस्थाहरुका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्