पार्टीभित्रको समस्या समाधान गर्न नयाँ एकता गर्नुपर्छ : नेता पौडेल



काठमाडौँ ।सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा सांसदसमेत रहनुभएका पौडेलले अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि ‘नयाँ आधारमा नयाँ एकता’ हुनुपर्छ भन्नुभयो ।

उहाँले पार्टी भित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरताभन्दा पनि ‘साइड होमवर्क’हरु गरी बैठकलाई टुङ्गो लगाउन स्थायी कमिटी बैठक स्थगन गरिएको र अहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल र वरिष्ठ नेताहरु पनि गृहकार्यमा रहेको स्पष्ट पार्नुभयो । उहाँले नेकपालाई कुनै पनि हालतमा फुट्न नदिने प्रतिबद्धता जनाउँदै आफूहरुलाई फुट र विभाजन कुनै पनि हालतमा स्वीकार्य नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “फेरि पनि पदको निम्ति मात्रै छलफल गरेर जनताले छुट दिँदैनन्, कम्युनिष्ट पार्टी स्थापनाको यो ७० वर्षको इतिहासमा धेरै जना साथीहरुको योगदान छ । त्यो कुरालाई कसैले पनि नजरअन्दाज नगरौँ ।” पार्टीभित्र अहिले देखिएको समस्या हल गर्ने प्रमुख दायित्व र जिम्मेवारी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्