ब्लड बैकलाई नयाँ उपकरण सहयोग



यमलाल भुसाल,बुटवल ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवललाई रगत सेपेरेसन, एजिटेटर, रेफ्रिजेरेटर, सिल्लार मेशिन र मोनिटर लगायत उपकरणहरु सहयोग प्राप्त भएकोे छ । शनिबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगदिशचन्द्र आचार्य, केन्द्रीय सदस्य सुदर्शन नेपाल, सल्लाहकार चित्रमान गौचन, प्रदेश ५ का सचिव कृष्ण पंगेनी, केन्द्रका जिल्ला सभापति प्रेमलाल उदासले उपकरणहरु सार्वजनिक गर्नु भएको हो ।

ब्लड बैक सुदृढीकरण अन्तरगत पाँच नम्बर प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयको सहयोगमा मेशिन उपलब्ध भएको केन्द्रका सभापति प्रेमलाल उदासले बताउनु भयो ।२९ लाख ७७ हजार ५ सय ५० रुपैया मुल्य परेका उपकरण मध्ये २० प्रतिशत रकम ब्लड बैकले ब्यहोर्ने उहाँले बताउनु भयो ।

नया उपकरणहरुले डेगु, मलेरिया, क्यान्सर लगायतका बिरामिलाई आवश्यक पर्ने पिआरपि, एफएफपि रगत बनाउन सहज हुने छ ।
केन्द्रका ल्याब सदस्य सचिव जोग बहादुर गुरुङले नयाँ उपकरण पहिलेको भन्दा दोब्बर क्षमताको भएको बताउनु भयो ।कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगदिशचन्द्र आचार्यले विरामीहरुको रगत उपलब्ध गर्नमा केन्द्रको योगदान महत्वपुर्ण भएको भन्दै रक्तसंचार केन्द्र बुटवललाइ जग्गाको समस्या रहेकोमा सबै मिलेर हल गर्नुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य सुदर्शन नेपाल, सल्लाहकार चित्रमान गौचन, प्रदेश ५ का सचिव कृष्ण पंगेनी, स्वस्थ्य निर्देशनालयका रामप्रसाद भट्टराईले सामाजिक हितमा संस्थाबाट योगदान भएको धारणा राख्नु भएको थियो ।
बुटवल केन्द्र संचालनमा रहेको उपकरण भैरहवा शाखालाई हस्तान्तरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्