पोषण सम्बन्धी सुचक पूरा गरे पछि पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा



न्युज अफ नेपाल,पाल्पा ।

पूर्वी पाल्पाको एउटा स्वास्थ्य चौकी पोषण सम्बन्धी विभिन्न सुचक पूरा गरेपछि जिल्लामा नै पहिलो पोषणमैत्री स्वास्थ्य सस्था हुन पुगेको छ । रामपुर नगरपालिकाको गाडाकोट स्वास्थ्य चौकीलाई नेपाल सरकारले विभिन्न राष्ट्रिय र अन्तरास्ट्रिय मापदण्डबाट तयार पारेको सुचकहरु पूरा गरिएको हो ।

सूचक पूरा गरेर स्वास्थ्यचौकीको सेवा क्षेत्रमा पोषणको अबस्थामा उपलब्धी मिलेपछी गाडाकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य सस्था घोषणा गरिएको गाडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले बताउनुभयो । युएसएआइडीको आर्थिक सहयोगमा पाल्पा जिल्लामा बेस नेपालले संचालन गर्दै आएको सुआहारा कार्यक्रमको समन्वयमा साबिकको गाडाकोट स्वास्थ्यचौकीलाई सो क्षेत्रका नागरिक,मुख्य गरेर आमा र बच्चाको पोषणको अबस्थामा ल्याएको सुधार र यसको निरन्तरतालाई टिकाइराख्ने गरि पोषणमैत्री स्वास्थ्य सस्था घोषणा गरिएको हो ।

साबिक गाडाकोट गाबिस हाल रामपुर नगरपालिका १ र २ का नागरिकलाई सेवा दिदै आएको गाडाकोट स्वास्थ्य चौकीले विभिन्न १५ सुचकमा तथा पोषण अभियानलाई चुस्तदुरुस्त पार्दै अद्यावधिक गरेकोमा घोषणा गरिएको हो । स्वास्थ्य चौकीबाट सेवा लिएका नागरिकले ९१ प्रतिशत बच्चाको वृद्धि अनुगमन गरेका छन् ।

स्वास्थ्य चौकीमा नियमित बच्चाको वृद्धि अनुगमन गरेको, आइरन चक्की खाएका महिला, सुत्केरी पछि आइरन र भिटामिन ए खाएका स्वास्थ्य सस्थामा सुत्केरी हुने पोषण रजिष्टरमा पोषण सम्बन्धी सबै सुचना रेकर्ड राखिएको, पुर्ण स्तनपान गराउने, पोषण सम्बन्धी औषधि र सामाग्री पुर्ण रहेको, जुकाको औषधि खाएको कुपोष्ति बालबालिका नरहेको,६ महिनापछी दूध सहित अन्य पौष्टिकको मापदण्ड अनुसार आहार खुवाएको सुनिस्चित भएको, विद्यालय स्वास्थ्य पोषण अन्तर्गत जुकाको औषधि खाएको, स्वास्थ्य सस्थामा पोषण कर्नर र आम र शिशुलाई नियमित परामर्श गरिएको साथै तथ्यांक चुस्त दुरुस्त राखिएको जस्ता सुचक पुरा गरेपछि पोषणमैत्री स्वास्थ्य सस्था घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मित्रलाल कडेल, २ का वडा अध्यक्ष तारा बहादुर थापा रामपुर नगरपालिका स्वस्थ्य शाखा प्रमुख तिर्थ प्रसाद पङ्गेनी बेस नेपालका सुआहारा कार्यक्रम फिल्ड सुपरभाइजर सन्जु परियार लगायतले पोषणको महत्वका वारेमा वताउनुभएको थियो । यसैबिच गाडाकोट स्वास्थ्य चौकीले उत्कृष्ट वृद्धि अनुगमन गरेका १२ बच्चाका आमा तथा परिवारलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्