मास्क प्रयोग नगर्ने १२८ जनालाई जरिवाना



न्युज अफ नेपाल,हेटौंडा ।

मास्क प्रयोग नगर्नेहरुलाई जरिवाना तिराएर छाडिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथाम तथा भाइरस संक्रमणबाट बच्न, बचाउन र प्रकोप नियन्त्रण एवम् न्यूनीकरणका लागि बारा प्रहरी÷प्रशासनले सूचना जारी गरे पनि अटेर गर्नेहरु जरिवानामा परेका हुन् ।

३ दिनसम्म अभियान सञ्चालन गरिए पनि सोको अवज्ञा गरी बिनामास्क व्यबसाय सञ्चालन गर्ने व्यापारी, सवारीचालक, पैदलयात्री १ सय २८ जनालाई नियन्त्रणमा लिएर संक्रामक रोग ऐन, २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत् प्रतिव्यक्ति १ सय रुपियाँ जरिवानापश्चात् छाडिएको बाराका प्रनाउ गौतम मिश्रले बताउनुभयो ।

नेपाल सरकारद्वारा प्रचारप्रसार तथा जिल्ला प्रशासन कार्यालय बाराबाट भएको निर्देशनबमोजिम असार १६ देखि १८ गतेसम्म मास्क प्रयोग गर्नेबारे सूचना प्रसारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्