राहत कोषमा वालिङ काठमाडौं सम्पर्क समितिद्वारा एक लाख प्रदान



भूपराज बस्याल, स्याङ्जा ।

वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङ काठमाडौं सम्पर्क समितिले एक लाख एक हजार एकसय ११ नगद प्रदान गरेको छ ।

वालिङ नगरपालिकामा घर भई काठमाडौंमा बसोबास गर्दै आउनुभएका वालिङ काठमाडौं सम्पर्क समितिद्वारा रकम संकलन गरी नगरपालिकाको राहत कोषमा उपलब्ध गराईएको समितिका कोषाध्यक्ष कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।

विश्व समुदाय कोभिड १९ को महामारीसँग जुधिरहेको बेला वालिङ नगरपालिकाले कोभिड १९ को ब्यवस्थापनका लागि स्थापना गरेको राहत कोषमा रकम जम्मा गरिएको कोषाध्यक्ष पंगेनीले बताउनुभयो ।

कोभिड १९ बिरुद्धको नगरपालिकाको अभियानमा वालिङ काठमाडौं समितिले रकम उपलब्ध गराएर ठूलो सहयोग पु¥याएकोमा धन्यवाद ब्यक्त गर्नुहुँदै प्राप्त रकमको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म नगद तथा जिन्सी गरी झण्डै ६१ लाख संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्