क्वारेन्टाईनमै युवाद्वारा आत्महत्या



न्युज अफ नेपाल,रोल्पा ।

रोल्पामा क्वारेन्टाईनमा बसेका एक युवाले आत्महत्या गरेका छन् । असार १० गते दुबईबाट रोल्पा आएका गंगादेब गाउँपालिका ५ का ३१ बर्षीय एभान शार्काीले आत्महत्या गरका अुन् ।

गाउँपालिकाले तयार गरेका क्वारेन्टिनहरू खाली नभएपछि गाउँकै काका नाता पर्नेको घरमा उनी एक्लै बस्दै आएका थिए । झुन्डिएको अवस्थामा उनकै १० वर्षका छोराले देखेर परिवारलाई खबर गरेपछि घटनाबारे थाहा भएको रोल्पा प्रहरीले जनाएको छ ।

भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरूले सँगै बस्न नमानेपछि उनकै बुवाले आफन्तको खाली घरमा होम क्वारेन्टाईनमा राख्नको लागि लगेको गंगादेव गाउँपालिका–५ वडाध्यक्ष मानबहादुर डाँगीले बताए । आत्महत्याको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुबईबाट घर आउँदा उनलाई आरडीटी परीक्षण नेगेटिभ देखिएको थियो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार मृतकको स्वाब लिनका स्वास्थ्यकर्मी घटनास्थल पठाईएको छ । उनका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले स्वाब नलिने बताए पछि मृतकको स्वाब नेपालगञ्ज पठाउने तयारी गरिएको छ ।

शबको पोष्टमार्टमका लागि दाङ लैजाने तयारी गरिएको पनि प्रमुख जिल्ला अधिकारी रानाले बताए । घटनास्थलबाट रोल्पा सदरमुकाम लिवाङ भन्दा दाङ नजिक पर्ने भए पछि उता लैजाने तयारी गरिएको छ । अस्पतालले रिपोर्ट आएपछि मात्र पोठटमार्टम गर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्