बाजुरामा एकैदिन ६७ जनामा कोरोना संक्रमण



दयाराम पण्डित,बाजुरा ।

बाजुरामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले मंगलवार सार्बजनिक गरेको सूचना अनुसार बाजुरामा ४१२ जना कोरोना संक्रमित भएका छन् । मंगलवार सांझ पाँच बजे स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्न पन्तद्वारा हस्ताक्षेरित विज्ञेप्तीमा ४१२ जना कोरोना संक्रमित भएको उल्लेख गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराले प्रकासित गरेको बिज्ञेप्ति अनुसार मंगलवार (आजै ) ६७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । निदान भएको स्थान शिक्षण अस्पताल काठमाण्डौंमा बुढिगंगानगर पालिकाका पांच महिला र १२ जना पुरुष गरी १७ जना र त्यसैगरी स्वास्थ्य विज्ञान प्रातिष्ठान जुम्लाबाट बुढिगंगा नगरपालिकाका कै १७ महिला र ३० जना पुरुषगरी ४७ जना । बुढनन्दा नगरपालिकाका एक जना र जगन्नाथ गाउँपालिकाका एक गरी आजै ६७ जना कोरोनाको विरामी भएको पुुष्टी भएका हुन् ।

हाल सम्म सबै भन्दा बढि बुढिगंगा नगरपालिकामा २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकजना निको भएर घर फर्केका छन् । कवारेन्टाईनको नियम उलंघन गरि बाहिरिएपछि बुढीगंगमा कोरोना विरामीको संख्या बढेको हो । त्यसैगरी बडीमालिका नगरपालिकामा ३० महिला र २८ पूरुष गरी जम्मा ५८ जना संक्रमित भएका छन् ।

जसमा एक महिला सहित चारजनाले कोरोना जितेर घर फर्केका छन् । त्रिबेणी नगरपालिकामा २४ महिला ७९ गरी एक सय तिन संक्रमित एकाछन् भने एक जना ले कोरोना बाट जितेकाछन् ।गौमुल गाउँपालिकामा आठ महिला र १४ पुरुषमा कोरोना पुुष्टीभएको छ । जगन्नाथ गाउँपालिकामा एक र स्वामिकार्तिक गाउँपालिकामा एक जना संक्रमित भेटिएका छन् ।

९ वटा स्थानिय तह मध्ये ७ वटा स्थानिय तहमा कोरोना संक्रमित बिरामीको पुष्टि भएको छ । खप्तडछेडेदह गाँउपालिका र हिमाली गाँउपालिकामा भने हाल सम्म कोरोना संक्रमितको पुष्टि नभएको जिल्ला सवास्थ्य कार्यालय बाजुराको प्रस विज्ञेप्तीमा उल्लेख गरिएको छ ।कोरोना पुुष्टीभएका ४०३ जना आइसोलेशन तथा होमआइसोलेसनमा रहेका छन् ।

सात जना स्वास्थ्यकर्मी चार जना सुरक्षाकर्मी र एकजना जनप्रतिनीधिीलाई पनि कोरोना संक्रमिण देखिएको र एक जना स्वास्थयकर्मीलार्य पछिले रिर्पोट नेगेटिभ देखिएकोले डिस्चार्ज गरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले जानकारी दिनुुभएको छ । ७ जना संक्रमित भने कोरोना जितेर घर फर्किसकेका छन् ।

त्यस्तै २ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ बर्षिय वालिकाको जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचार क्रममा मृत्यु भएको थियो । त्यस्तै क्वारेनटाइनमा आत्माहत्या गरेका पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । स्वाव परिक्षणको रिर्पोट नआउँदै बुढिगंगा नगरपािलकाको धुुरालसयन क्वारेन्टाइन र बडीमालिका नगरपालिकाको मालिका माविको क्वारेन्टाइनवाट घर गएकाहरुबाट कोरोना संक्रमण बढी देखिएको वताइएको छ। ।

स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र एक जना जनप्रतिनीधि बाहेक सबैजना जिल्ला र देश बाहिरवाट आएकाहुन् । सोमवार सम्म १हजार ४३ जनाको स्वावपरिक्षण गरिुउको जनस्वास्थ्य अधिकृत अशोक सिंहले जानकारी दिनुभयो । कोरोना संक्रमणको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यता करोडौंको बजेट स्थानीय तहले खर्च गरीससकेका छन् ।

यद्येपी पछिल्लो समयमा ब्यबस्थापान निकै फितलो हुंदा स्थानीय त्रसित बनेका छन् । कोरोना संक्रमितहरु आजका गाउँघरमा निस्फिक्री डुलीरहेकाछन् हामीलाई थप तनाब बढेको छ स्थानइिको गुनासो छ । । कोरोनावाट बच्न सामाजकि दुरी माक्स र सेनिटाइजरको प्रयोग गर्नको विकल्प छैन स्वास्थ्यकर्मीको सुझाब छ ।

प्रतिक्रिया दिनुहोस्