पाल्पामा कोरोना संक्रमितको संख्या पाँच सय नाघ्यो



कविराज नेपाल,पाल्पा ।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना संक्रमितको संख्या वढदै जाँदा पाल्पा जिल्लामा सो संख्या पाँचसय नाघेको छ । मंगलवार थप थप ४१ जनामा कोरोना संक्रमण देखिए पछि यो संख्या पाँचसय नाघेर ५ सय १४ पुगेको हो ।

सोमबार र मंगलबार भैरहवा स्वास्थ्य प्रयोगशाला र केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस अघि सोमवार स्वास्थ्य मन्त्रालयले जिल्लामा जिल्ला स्वास्थ्यले सोमबारको रिपोर्ट शून्य रहेको बताएको थिये जवकि स्वास्थ्य मन्त्रालयको सोमवारको सवा ४ बजेको प्रेस व्रिफिङमा पाल्पाका २६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको थियो ।

प्रेस व्रिफिङमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पाल्पाका १२ पुरुष र एक महिला त्यस्तै भरतपुर अस्पताल प्रयोगशालामा १३ पुरुष गरी जम्मा २६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले मंगलवार दुइ दिनको रिपोर्ट एकै पटक सार्वजनिक गरेको हो ।

दुई दिनको रिपोटमा जनाइए अनुसार संक्रमित हुनेहरुमा रम्भा गाउँपालिकाका १५ जना पुरुष, २ महिला गरी १७ जना, रैनादेवी छहरा गाउँपालिकाका १२ पुरुष, १ महिला गरी १३ जना, पूर्वखोलाका १० जना पुरुष र रामपुर नगरपालिकाका १ जना पुरुष रहेका छन् ।
उनीहरु सबै भारतबाट आई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्दै आएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार उनीहरू सबैको अवस्था सामान्य रहेको छ । उनीहरू सबै अहिले पनि क्वारेन्टाइनमै रहेको र आइसोलेशनमा राख्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

मंगलवारसम्म रम्भा गाउँपालिकामा ३९, रैनादेवी छहरा गाउँपालिकामा ३३ जना, पूर्वखोलामा १ सय ५९,रामपुरमा संख्या १ सय १२ जना संक्रमित पुगेका छन् । यस अघि रिब्दीकोटमा ५, तानसेन नगरपालिकामा ९ जना, निस्दी गाउँपालिकामा ९५,तिनाउ गाउँपालिकामा ४, बगनासकालीमा २८, माथागढी २७, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो ।

यि मध्ये १८ जना निको भई घर फर्किसकेका छन् ।पाल्पामा अहिलेसम्म २ हजार ६ सय ८२ जनाको स्वाव संकलन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । ति मध्ध ५ सय १४ जनाको पोजेटिभ रिपोर्ट आएको छ भने अझै ८ सय बढीको रिपोर्ट आउन बाँकी रहेको छ ।

कहाँ कति ?

रम्भा गाउँपालिका – ३९ जना
बगनासकाली गाउँपालिकामा २८ जना
माथागढी गाउँपालिका–२७ जना,
रैनादेवी छहरा गाउँपालिका– ३३ जना
निस्दी गाउँपालिका –९५ जना
रामपुर नगरपालिका –११२ जना
पुर्वखोला गाउँपालिका– १५९ जना
रिब्दीकोट गाउँपालिकाका – ५ जना
तिनाउ गाउँपालिकाका –४ जना
तानसेन नगरपालिका – ९
गुल्मीका –२
अर्घाखाँची–१
मृत्यू–१(पुर्वखोला गाउँपालिकां)
जम्मा –५१४
निको भएका जम्मा १८ जना

जिल्लामा संक्रमितको वृद्धिसँगै त्रास पनि वढन थालेको छ भने संक्रमितको लागि सुरक्षित राख्न आइसोलेसनको अभाव हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्