१ करोड ५९ लाखमा लुम्बिनी प्रादेशिक अस्पतालमा पीसिआर ल्याब संचालन



यमलाल भुसाल,बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब देखि कोरोना भाईरस लागे नलागेको पत्ता लगाउने पीसिआर परिक्षण गर्नका लागि ल्याब संचालन गरिएको छ । कुल १ करोड ५९ लाख रुपैयाँको लागतमा उक्त ल्याव संचालनमा ल्याईएको अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्रराईले बताउनु भयो ।

ल्याव संचालनसंगै अस्पतालमा आउने विरामीहरुको पीसिआर परिक्षण गर्न अब वाहिरका अन्य ल्याबमा लैजानु पर्ने बाध्यताको अन्य भएको छ । ल्याबको मंगलवार एक समारोहका बीच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभारम्भ गर्नु भएको हो ।सोअवसरमा मन्त्री बरालले प्रदेशको अस्पताल भएकोले प्रदेशका जनतालाई गुणस्त्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिनु भयो ।

उहाँले अस्पताललाई २ वर्ष अघि निर्देशन दिएको आईसियू सहितको १ नम्बर ग्रेटको एम्बुलेन्स खरिद गर्न भनेकोमा अझैसम्म सोको व्यवस्थापन नभएकोमा चिन्ता व्यक्त गदै ततकाल व्यवस्थापन गर्न पुनः निर्देशन दिनु भयो। मन्त्री बरालले नाम फेरेरमात्र हुदैन नाम अनुसारको सेवा पनि दिनु पर्नेमा जोड दिदै अस्पताल व्यवस्थापन पक्षलाई गम्भिर बन्न आग्रह पनि गर्नु भयो ।

बुटवलउपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले लुम्बिनी प्रादेशिक अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि थप २ विगाहा जग्गा उपलब्ध गराएर एक्सरे ल्याब संचालन गरिने धारणा राख्नु भयो । नेकपा रुपन्देहीका सचिव निर्मल जिसीले राजनैतिक दलहरुलाई वाईपास गरेर अगाडी बढन खोजिए लक्ष्यमा पुग्न समस्या हुने धारणा राख्नु भयो । प्रयोगशाला विज्ञ पुस्पराज खनालले प्रादेशिक अस्पतालमा अनिवार्य एक्सरे ल्याब जरुरी रहेको धारणा राख्नु भयो ।

अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्रराईको अध्यक्षतामा भएको कार्यक्रमा अस्पतालका मेडिकल सुपरिटेन्ट राजेन्द्र खनाल नेपाली काँग्रेसका विमलराज भट्रराई, नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी डाक्टर विष्णु गौतम लगायतले प्रयोगशालालाई सहि सदुपयोग गरि सहि रिर्पोट दिने सवालमा गम्भिर हुन माग गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्