बालसेवा स्कुलमा राहत वितरण



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानगरपालिका– २३, झोछेंस्थित बालसेवा माध्यमिक विद्यालयका विद्याथी र तिनका अभिभावकलाई मंगलबार राहत वितरण गरियो ।दौंतरी समूहको अगुवाइमा भएको राहत वितरण कार्यक्रममा अन्य व्यक्तिहरुले पनि सहयोग पु¥याएका थिए ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, सल्लाहकार समितिका पदाधिकारीहरु र वडा कार्यालयका सदस्यहरुको रोहबरमा वितरण गरिएको राहत सामग्रीबाट ५० जना विद्यार्थीका परिवार लाभान्वित भएका थिए ।

त्यस अवसरमा विद्यालयका तर्फबाट दौंतरी समूहप्रति आभार प्रकट गर्दै सम्मानपत्र प्रदान गरियो । सोही अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पाठ्यपुस्तक पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्