स्याङ्जाका ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७६ पुग्यो



न्युज अफ नेपाल, स्याङ्जा ।

स्याङ्जामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वालिङ नगरपालिकाका एक महिला सहित ७ जना, चापाकोट नगरपालिकाका एक महिलासहित २ जना र पुतलीबजार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए।

यससँगै स्याङ्जामा संक्रमितको संख्या १ सय ७६ पुगेको छ । संक्रमित मध्ये ५४ जना निको भएर घर फर्किएका छन्स्या भने २ जनाको कोरोनाबाट मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्