घरमाथि पहिरो खस्दा बाबु छोराको मृत्युु



किरन धामी ,दार्चुला ।

जिल्लाको नौगाड गाउँपालिका‐४ होपरीमा लघु जलविद्युतको नहर भत्किदा घरमाथी खसेको पहिरोले बाबु छोराको ज्यान गएको छ । गएराती करिव १२ बजेतिर घरमाथि खसेको पहिमा परी होपरी घाङलका २५ वर्षिय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुशान्त महताको ज्यान गएको नौगाड प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भुवन बहादुर चन्दले जानकारी दिनुभयो ।

पहिरोमा परी मृतक चन्द्र सिंह महताकी २२ वर्षिय श्रीमती चनमति महता गम्भिर घाइते भएको उहाले जानकारी दिनुभयो । गम्भिर घाइते चनमतिको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

घरमाथी पहिरो खस्दा महताको अन्नपात लगायतको धनमाल पुर्ण रुपमा क्षति भएको उहाले बताउनुभयो । पहिरोले सोही ठाउँका अन्य तीन घरमा क्षति पुर्याएको छ, भने ४ जना घाइते भएका छन् ।

अन्य घाइतेहरुमा १८ वर्षिय नारन्ती महता, ३५ वर्षिय जयमति महता, १७ वर्षिय कमला महता र १७ वर्षिय अशोक महता रहेको प्रहरी सहायक निरिक्षक चन्दले जानकारी दिनुभयो । उनिहरुलाई सामान्य चोटपटक लागेको तथा उपचार पछि घर फर्काइएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्