पर्वतमा पहिरोका कारण चार घरमा क्षति



न्युज अफ नेपाल,पर्वत ।

अबिरल बर्षाका कारण पर्वतका बिभिन्न गाउँमा पहिरो जाँदा ४ वटा घर गोठमा क्षति पुगेको छ । आइतबार राती परेको अबिरल बर्षाका कारण पहिरो जाँदा बिहादी गाउँपालिका र कुस्मा नगरपालिकामा गरि ४ वटा घरमा क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी पर्वतको कुस्मा नगरपालिका वडा नं ७ मा पहिरोले प्रतिनिधीसभाका सांसद पदम गिरीको निर्मार्णाधिन घर र वडा नं ७ का वडा सदस्य परशुराम पुरीको घरमा केही क्षति पुगेको छ ।

साँसद गिरीको घरका ३ वटा पिल्लर र वडा सदस्य पुरीको घर पछाडी बनाएको एउटा कोठा पुरिएको प्रहरीले जनाएको छ । यसैगरी बिहादी गाउँपालिका वडा नं ५ खोरपोखराकी भगरथी काफ्लेको गोठ पहिरोले पुरेको छ ।

गोठ पुरिँदा भैसी, गोरु र दुई वटा बाख्रा मरेका छन । यस्तै बिहादी गाउँपालिका वडा नं ४ वहाकीको लौके गाउँमा थमनबहादुर गुरुङ्गको घरमा आंशिक क्षति पुगेको छ । दुई कोठे घरको एउटा कोठा पुरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिनुभयो । पहिरोले मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक सुबेदीले बताउनुभयो ।

बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले हिरोले पु¥याएको क्षतिको स्थालगतरुपमा पुगेर अवलोकन गर्नुभएको छ । पिडीतहरुलाई राहत र बिस्थापितलाई पुर्नस्थापना गर्नका लागि पहल गर्ने आश्वासन दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्