कोरोना पत्ता लगाउने उपकरण वितरण शुरु



सिंगापुर सिटी, (एजेन्सी) । 

सिंगापुरले कोरानो भाइरस महामारीलाई मन्द पार्ने उद्देश्यले ब्ल्युटुथबाट चल्ने भाइरस पत्ता लगाउने बिद्युतिय उपकरणको वितरण शुरु गरेको छ । सरकारले यस अघि नै सार्वजनिक गरिसकेको कोभिड १९ संक्रमण पत्ता लगाउने स्मार्टफोन एपको विकल्पको रुपमा ‘ ट्रेस टुगेडर ’ नामक सो उपकरण विकास गरिएको हो ।

मोवाइल नहुने र मोवाइल बोक्ने नचाहने मानिसहरु माथि लक्षित गरेर यो उपकरण प्रयोगमा ल्याइएको हो । यस उपकरणमा सुचना सम्बन्धी गोपनियताको पनि राम्रो व्यवस्था गरिएको छ ।

उपकरणको पहिलो लट परिवारका सदस्य साथ नभएका वा परिवारबाट कम सहयोग प्राप्त वा हिंडडुलको समस्या भएका वृद्धवृद्धलाई वितरण हुँदैछ । युनिक क्युआर कोड जडित यसको ब्याटरीको म्याद नौ महिना भएकाले यसलाई चार्ज गरिरराख्नु पनि आवशयक छैन । यस उपकरणले कुनै व्यक्ति कोरोना संक्रमित नजिक पर्दा प्रयोगकर्तालाई सचेत गराउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्