चीनमा पुन: लकडाउनको घोषणा



बेइजिंग,(एजेन्सी) ।

पुन कोभिड १९ संक्रमित केहि घटना सार्वजनिक हुनासाथ चीनले राजधानी बेइजिंग नजिक फेरी कडा लकडाउनको घोषणा गरेको छ । यसबाट करिव चार लाख मानिस प्रभाबित हुन पुगेका छन् ।

हेवेइ प्रान्तको एन्सिन काउन्टिमा लकडाउन लगाइएको हो । गत वर्षको उत्तरार्धद्धमा कोरोना भाइरस महामारी फैलिएपछि चीनले नयाँ संक्रमणको घटनालाई लगातार न्युन संख्यामा घटाउन सफल भएको थियो ।

दोश्रो चरणको महामारी नफैलियुन भनेर सरकारले गम्भीर कदम चालिरहेको स्वास्थ अधिकारीहरले बताएका छन् । अधिकारीहरुले आइतवार एन्सिन पूर्ण रुपमा बन्द र नियन्त्रित रहने आधिकारिक जानकारी दिएका हुन् ।

लकडाउनको स्थिती पहिलो पटक चीनमा कोरोना भाइरस देखिएको हुबेइ प्रान्तको उहान शहरमा लगाइएको जस्तै हुने बताइएको छ । जस अनुसार अत्यावश्यक कामदारहरु लगायत उपभोग्य सामान खरिदका लागि दैनिक एक परिवारका एक सदस्यलाई घर बाहिर आउने अनुमति दिइने छ ।

प्रतिक्रिया दिनुहोस्