बियरका कारण पिसाब थैली फुटेपछि



बेइजिंग,(एजेन्सी) ।

दश बोटल बियर पिएर अठार घन्टा सम्म पिसाब रोकेर बस्ने एकजना पुरुषको पिसाबको थैली नै फुटेको छ । नाम नखुलाईका ति चालिस वर्षिय व्यक्ति पिसाबै नफेरिकन भुसुक्कै निंदाउन पुगेका थिए ।

शरिरमा समस्या आएपछि आफैं झेझियाँगको झुझी पिपुल्स हस्पिटलमा पुगेको उनलाई सवस्थ परिक्षण लगत्तै उनको पिसाब थैली तीन ठाउँमा फुटेको बताइएको थियो । ति मध्ये एउटा प्वाल उनको पेटको भागनिर रहेको थियो । फलस्वरुप उनका केहि आन्द्रा पिसाब थैली भित्र छिरेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्