शरीरमा कोरोना भाइरस फैलाउने वंशाणु पत्ता लाग्यो



न्युयोर्क (एजेन्सी)
वैज्ञानिकहरुले शरीरमा कोरोना भाइरस फैलाउन जिम्मेवार वंशाणु पत्तालागेको दावी गरेका छन् । कोरोना भाइरसका बारेमा विस्तृत जानकारीको खोजमा रहेका वैज्ञानिकहरुले जीन एडिटिंग टुलको मद्दतमा उक्त उपलब्धी हासिल गरेको हो । यसबाट ती जिनका बारेमा खोज गरियो, जसले कोराना भाइरसलाई शरीरमा फैलाउन वा अड्डा जमाउन मद्दत गर्दछ ।
उक्त अध्ययनमा वैज्ञानिकहरुले केही जीनलाई अफ्रिकन हरियो प्रजातीको बांदरको कोषमा राखेका थिए । फेरी त्यसलाई कोरोना भाइरसबाट संक्रमित गरे । त्यसपछि कुन वंशाणुले भाइरस फैलाउन मद्दत गर्छ र कुन वंशाणु त्यसको विरुद्ध लड्ने एन्टी भाइरल हो भन्ने अध्ययन गरिएको थियो ।
वैज्ञानिकहरुले यसको मद्दतबाट मानव शरीरमा यो भाइरसले कसरी असर गर्छ पत्ता लाग्न सक्ने बताए । यसले सिधै उक्त जिन वा कोषलाई निसाना बनाउने र भाइरसलाई रोक्न सक्ने प्रभावकारी खोप बनाउन मद्दत पुग्ने बताइएको छ ।
अध्ययनमा भाइरसले शरीर भित्र आफुलाई बृद्धी हुन ती वंशाणुको प्रयोग गर्ने तरिका निरिक्षण गरिएको थियो । यसमा प्रोटिनको भुमिका अहम मानिएको छ । यसको एक रुप भाइरस बढाउन र अर्काे भाइरससँग लड्नमा मद्दत गरिरहेको देखियो । अध्ययन अनुसार एसीई २ रिसेप्टर र क्याथेप्सिन एल प्रोटिन इन्फेक्सनलाई फैलाउनमा मद्दत गर्छ । हिस्टो प्रोटिनले यसलाई बढ्नबाट रोक्ने प्रयास गर्छ ।
यो अध्ययन येल स्कुल अफ मेडिसिन, बोर्ड इन्स्टिच्युट र एमआईटी र हाभर्ड युनिभर्सिटी मिलेर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्