बेलायतमा स्थानीय स्तरमा लकडाउनको तयारी



लन्डन (एजेन्सी)
बेलायत सरकारले देशमा कोरोना भाइरस संक्रमण बढ्ने क्रम जारी रहेकोले केही क्षेत्रमा स्थानिय स्तरमा लकडाउन लगाउने योजना बनाइरहेको जनाएको छ ।
ताजा आंकडाले बेलायतका जातिय अल्पसंख्यक बढी प्रभावित भइरहेको देखाएको छ । यसमा भारतिय मुलका नागरिक नराम्रो चपेटामा परेको बताइएको छ । गृह मन्त्री प्रिति पटेलले लिसेस्टरमा यस प्रकारको पहिलो स्थानिय लकडाउनको समाचारलाई सही भएको बताए । पुर्वी बेलायतको यो इलाकामा भारतिय मुलाका नागरिकहरुको उल्लेखनिय आवादी रहेको छ ।
पटेलले भनिन् – हामी विशेष रुपमा विगत ३ वा ४ हप्ता देखि देशभरी संक्रमणको घटनामा तिब्र बृद्धी भइरहेको देखिरहेका छौं । लिसेस्टरमा सहयोग पठाउन लागिएको छ ।
स्थानिय स्तरमा भइरहेको बृद्धीलाई हेर्ने हो भने रोकथामका लागि स्थानिय स्तरमै समाधान खोज्न उपयुक्त हुने उनले बताइन् । यसका लागि शारीरिक दुरी कडा रुपमा पालना गर्नु पर्ने, जाँचमा तिब्रता ल्याउन अन्य कदम उठाउनु पर्ने उनले बताए । पटेलको यो बयान बेलायतमा दैनिक मृतक संख्यामा कमी आइरहेको बेला आएको हो । बेलायतमा जुलाई ४ देखि लकडाउन प्रतिबन्द खुकुलो गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्