जम्मू–कश्मीरमा सुरक्षाबलले तीन आतंककारी मारे, अपरेसन जारी



एजेन्सी ।

जम्मू कश्मीरको अनन्तनागको खुल्चोहर इलाकामा सुरक्षाकर्मीहरूले आज बिहान तीन जना आतंककारी मारेको बताइएको छ ।

मारिएका आतंककारीहरुबाट एक वटा एके–४७ र २ वटा अन्य पेस्तोल बरामद गरिएको जनाएको छ। हालसम्म, मारिएका आतंककारीहरुको पहिचान हुन सकेको छैन।

‘सुरक्षा फौजले आतंककारीहरूको लुक्ने ठाउँको बारेमा सूचना प्राप्त गरेको थियो, जस पछि सेना, सीआरपीएफ र जम्मू–काश्मीर पुलिसले तुरुन्तै संयुक्त अभियान सुरु गरी उक्त क्षेत्रलाई घेरा हाले। आफूहरूलाई घेरेको देखेर आतंककारीहरूले सुरक्षाबलमा गोली हान्न थाले। त्यसपछि सुरक्षाबलले गोली हानेको र यस भिडन्तमा तीन आतंकवादी मारिए। यस क्षेत्रमा सुरक्षाकर्मीहरूको खोजी अभियान भइरहेको छ। संयुक्त टोलीले उनी कुन आतंकवादी संगठनसँग सम्बन्धित छ भनेर पत्ता लगाउन कोशिस गर्दैछ।’ भारतीय सन्चारमाध्यमले जनाएका छन ।

 

प्रतिक्रिया दिनुहोस्