सल्यानमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ



सरिता चलाउने, सल्यान ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शारदा नगरपालिका–१२ का ३९ वर्षीय एक पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घरमा कोही नभएको मौका छोपेर पटक पटक ती पुरुषले छोरीलाई बलात्कार गर्ने गरेको प्रहरीले बताएको छ । घर नजिकैबाट उनलाई पक्राउ गरिएको बताइएको छ । काठमाण्डौमा आफन्तकोमा बस्दै आइरहेकी बालिका बन्दाबन्दीको समयमा घर आएकी थिइन । वैशाख महिना देखि नै विभिन्न डर त्रास देखाइ करणी गरी रहेको गोप्य सूचनाका आधारमा बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमख ढकेन्द्र खतिवडाले बताउनु भयो ।

पक्राउ परेका व्यक्तिविरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरिएको छ । उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्