म:म पसलबाटै फैलियो कोरोना



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वभर फैलिएको कोरोना महामारीका बाबजुद नेपालमा भने लकडाउन खुकुलो हुँदै गएको छ । मानिसको अत्याधिक भीड हुने पसल तथा होटलहरु पुन: सञ्चालनमा आएका छन् । यसले तीव्र रुपमा कोरोना संक्रमण फैलिने देखिएको छ । विभिन्न गल्लिमा स-साना होटल तथा ठेला पसल सञ्चालन गरिएसँगै मानिसको भीड पनि बढेको छ ।

केही दिन अघि भारतको मध्य प्रदेशको ग्वालियर शहरमा, एक म:म पसल सञ्चालन गरिएको थियो । ती विक्रेताले गोलाको मन्दिर नजिकै राखेको ठेला पसलमा सयौँको संख्यामा मानिसहरु आएका थिए । केही दिनपछि अचानक स्वाथ्यमा खराबी देखिएपछि अस्पताल पुगेका उनमा कोरोना संक्रमण भेटिएको थियो । उनमा कोरोना संक्रमण देखिएपछि जरुरी सूचना सार्वजनिक गर्दै मम खान आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरिएको थियो ।

यस घटना नेपालमा पनि दोहेरीने छैन भन्न भने सकिदैन । केही दिनयता सरकारको लापरवाहीका कारण बिहानबेलुकीको छाक टार्न मानिहरु पुन रोजगारीमा लागेका छन् । स साना सुपा पसल देखि एकैदिन हजारौँलाई खाना अुवाउने होटल समेत खुला राखिएको छ । ती होटलहरुमा मानिसको घुइचो भने घटेको छैन ।

प्रतिक्रिया दिनुहोस्