सिंगापुर रेडक्रसद्वारा नेपाल रेडक्रसलाई २ करोड बराबरको स्वास्थ्य सामग्री प्रदान



न्युज अफ नेपाल, काठमाडौँ ।

सिंगापुर रेडक्रसको सहयोगमा प्रारम्भ संस्थाले २ करोड मुल्य बराबरका स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराएको छ ।

स्वास्थ्य मन्त्रालय र आनी छोइङ डोल्मा फाउण्डेशनको समन्वयमा सिंगापुर रेडक्रसकी नेपाल प्रतिनिधि कल्पना क्षेत्रि, बरिस्ठ कलाकार हरिवंश आचार्य, गायिका आनी छोइङ डोल्मा र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले ६० हजार सर्जिकल मास्क, १० हजार एन९५ मास्क र २ हजार ५ सय पीपीइ सेट नेपाल रेडक्रसका स्वास्थ्यसेवा निर्देशक बिपुल न्यौपानेलाइ हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा आइएफआरसीका लजिस्टिक इन्चार्ज प्रशान्त खड्का, बिर अस्पतालका उप(निर्देशक डाक्टर रबिन खड्का, सामाजिक अभियन्ताहरु नेत्रराज गिरि, जनकराज भारती, मोहनपूर्ण सत्याल, संचारकर्मी भगवती तिमल्सिना, भरतबन्धु थापा लगायतको सहभागिता थियो।

 

 

प्रतिक्रिया दिनुहोस्