पाल्पामा सलह पसेपछि सम्वन्धित निकायको चासो



न्युज अफ नेपाल,पाल्पा

शनिवार दिउसो छिमेकी जिल्ला रुपेन्देही,नवलपरासी र कपिलवस्तुमा देखा परेको विनासकारी कीरा सलह पाल्पा जिल्लामा पसेको र यसले नोक्सानी पु¥याउन सक्ने भएकाले सम्बन्धित निकायले चासो देखाएको छ ।

जिल्लाका विभिन्न स्थानमा शनिबारदेखि तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, माडीफाँट, , बगनासकाली, माथागढी तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका लगायतका स्थानहरुमा सलह देखिएको स्थानीयले बताए पछि कृषि ज्ञान केन्द्रले चासो देखाएको हो । विशेष गरी सुनौली–भैरहवा–बुटवल हुँदै पाल्पा छिरेको सलह जिल्लाको तिनाउ गाउँपालिका वडा ३ झ्याम्रुङ्गमा बढी देखा परेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनु भयो ।

जिल्लाका विभिन्न ठाउँहरुका आकाशमा सलह देखा परेको सूचनाका आधारमा आइतबार कृषि ज्ञान केन्द्रका प्रमुख अर्याल सहितको प्राविधिक टोली उक्त स्थानमा पुगेको थियो । सलहले उक्त स्थानमा आंशिक क्षति पु¥याएको केन्द्रका प्रमुख अर्यालले बताउनु भयो । कृषकले लगाएको मकै र तरकारीवालीमा क्षति प¥याएको उहाले जानकारी दिदै प्रमुख अर्यालले भन्न्ुाुभयो –‘‘सलह कीरा नियन्त्रणका लागि धुँवा उडाउने, टिन ठटाउने, ठूलो आवाज निकाल्ने जस्ता गतिविधि गर्न कृषकहरुलाई आग्रह गरिएको छ ।’

सलह कीरा बढी नै देखिन थाले घाम लागेको समयमा विषादी छर्कन पनि सुझाव दिइएको उहाले वताउनु भयो । लाखौँको संख्यामा सलह कीरा देखिन थालेपछि पछि यस क्षेत्रका कृषक भने त्रसित बनेका छन् । विज्ञहरु एकै ठाउमा नभइ विभिन्न स्थानमा देखिएकाले यो छितरिएको हुनसक्ने र सोँचेजस्तो धेरै नोक्सान भने नपु¥याउने वताउछन ।

प्रतिक्रिया दिनुहोस्