स्याङ्जामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु,एक घाइते



अमृत अर्याल,स्याङ्जा ।

स्याङ्जामा विभिन्न घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । अविरल बर्षाका कारण बाढी र पहिरोमा परेर दुई जनाको र एक जना मृत अवस्थामा फेला परेपछि ३ जनाको मृत्यु भएको हो । रुपन्देही घर भई वालिङ ७ केवरेमा दिदिको घरमा बस्दै आएका बर्ष २२ का लोकबहादुर थापा दमाई गए राती पुलबाट खसेर खोलाले वगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शब वालिङ ६ मिर्दिखोलामा फेला परेको थियो । शबको पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।अत्यधिक बर्षाका कारण गए राती आएको पहिरोले घर पुरेपछि गल्याङ नगरपालिका ९ साङलियमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पहिरोमा परेर ४९ बर्षिय यमबहादुर विकको मृत्यु भएको हो ।

श्रीमान श्रीमती एकै ठाउमा सुतेको बेला राती पहिरोले घर पुरिदा श्रीमानको मृत्यु भएको थियो भने श्रीमति घाईते फुलमाया विकलाई उपचारका लागि पाल्पा लगिएको वडा अध्यक्ष हरी खनालले जानकारी दिनुभयो । घटना घटे लगत्तै गाउलेले उद्घार गरि गल्याङ सामुदायिक हस्पिटलमा पु¥याएका थिए ।

उपचारका लागि गल्याङ नगर अस्पतालमा ल्याइएको दुवै मध्ये यमबहादुरको मृत्यु भएको थियो । यमबहादुरको शवलाई हाल सामुदायिक हस्पिटलमा राखिएको छ भने घाइतेलाई उपचारको लागि पाल्पा पठाइएको वडा अध्यक्ष खनालले बताउनुभयो । यता पुतलीबजार नगरपालिका १३ चिलाउनेखर्कका ६९ बर्षिय कुलबहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख विमलराज कणेलले जानकारी दिनुभयो ।

वडा कार्यालयबाट सुन्तलाका विरुवा लिएर घर तर्फ जादै गरेका थापा बायाखोला छहरामा घोप्टो परेको अवस्थामा फेला परेका थिए । उनको पनि पोष्टमार्टम गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी प्रमुख कणेलले बताउनुभयो ।

अविरल बर्षका कारण चापाकोट ४ का लेखनाथ पौडेलको गोठ पहिरोले पुरेर क्षती पु¥याएको छ । मानवीय र पशुचौपायमा क्षती नभएपनि पहिरोले करिव १ लाख ५० हजार बराबरको क्षती पु¥याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्