कोरोना भाइरस युवाहरुलाई सिकार बनाउँदै



वासिंगटन (एजेन्सी)
विश्वमा करिब १ करोडलाई संक्रमित बनाइसकेको कोरोना भाइरसले सबैभन्दा बढी संख्यामा युवालाई आफनो सिकार बनाइरहेको छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार अमेरिका, इजरायल र पोर्चुगल सहित विश्वका कयौं देशमा कोरोना भाइरस ४० भन्दा कम उमेर समुहमा तिब्र रुपमा संक्रमण फैलिरहेको छ । अमेरकामा कोरोना भाइसरको आंकडा विश्लेषण गरिरहेका वैज्ञानिकहरुले फ्लोरिडा, टेक्सस र एरिजोना सहित कयौं राज्यमा कम उमेरका बृद्धको तुलनामा तिब्र संक्रमित भइरहेको बताएका छन् ।
कम उमेरका ब्यक्तीहरु लकडाउन खुलेपछि कोरोना भाइरसबाट बच्ने उपायको पालना गर्नमा धेरै लापरवाही देखाएको प्रतिवेदनमा उल्लेख छ । उनीहरुले सामाजिक तथा भौतिक दुरीको पालना पनि कममा गरेका छन् । यात्रा गर्न र युरोपमा भइरहेको भिषण गर्मीमा समुद्री किनारामा विताउने कुरामा पनि युवा वर्ग सबैभन्दा अगाडी छन् । यस क्रममा उनीहरुले सुरक्षा सम्बन्धी उपायलाई लिएर लापरवाही गरेका छन् ।
अमेरिकामा संक्रमणको ताजा आंकडा अनुसार जुन क्षेत्रमा बार, स्टोर र रेस्टुरेन्ट सन्चालनमा आए त्यहाँ युवाहरुको बीचमा संक्रमण तिब्र रुपमा बढेको छ । युएस सेन्टर फर डिजिज कन्ट्रेल एन्ड प्रिभेन्सनका निर्देशक रोबर्ट रेडफिल्डले भने, अमेरिकामा युवा वर्गले कोरोना भाइरसको दोस्रो लहर बढाउन मद्दत गरेको छ । यसमा संक्रमित मध्य धेरैको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्