दश तल्लाबाट बच्चा फालेर हाँस्ने किशोर !



लन्डन,(एजेन्सी)
बेलायतको एक अदालतले टेट मोडर्नस्थित एउटा घरको दश तल्लाको बार्दलीबाट अचानक छ वर्षीय बालकलाई फालेपछि एककिशोर बिन्दास पाराले कुम हल्लाउँदै मुसुक्क हाँसेको जनाएको छ ।

अठार वर्षीय जोन्टी ब्रेभरी नामक ती किशोरले लन्डन आर्ट ग्यालरीका सबैभन्दा बेसहारा बालक छानेर आफ्नो बहुलठी पूरा गरेका थिए । आफ्नो अपराध स्विकारेका उनले पहिलेदेखि नै यस्तो आक्रमणको योजना बुनेको बताएका छन् ।

उनको मानसिक अवस्था परीक्षणपछि मात्र उनलाई न्यायाधीशले सजाय तोकने भएका छन् । सीसीटिभी फुटेजमा अपराधीरेलिङबाट तल हेर्दै कम उमेरका बालबालिकालाई पछ्याइरहेको जस्तै देखिन्छन् ।

फ्रान्सबाट लन्डन घुम्न आएका ती पीडित बालक पनि आफ्ना अभिभावकहरूलाई उछिनेर ब्रेभरीसामु पुगेको देखिन्छ । उनले बयानमा आफूले कुनैमहिलाको घाँटी थिचेर वा कुनै बच्चालाई पानीमा डुबाएर वा कुनैअग्लो स्थानमा फालेर अपराध गर्ने योजना बनाएको बताएका छन् । सख्त घाइते भएका बालकको अझै पनि उपचार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्