क्वान्तासले छ हजार कर्मचारी निकाल्ने



सिड्नी, (एजेन्सी)

अस्ट्रेलियाको नामुद एयरलायन्स क्वान्तासले कोरोना भाइरस महामारीको कारण सिर्जित आर्थिक नोक्सानीलाई सन्तुलनमा राख्न आफ्ना छ हजार कर्मचारीको रोजगार कटौती गर्ने निर्णय गरेको छ । कोभिड–१९ को कारण एयरलायन्सले करिब २० प्रतिशत कर्मचारी कटौती गर्न लागेको हो ।

गत मार्चमायस एयरलायन्सले आफ्ना ८० प्रतिशतभन्दा बढी कर्मचारीलाई बेतलबी बिदामा बस्न लगाएको थियो । अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्तासले विश्वव्यापीरूपमा हवाई यात्रा ठप्प भएको कारण आम्दानी नराम्ररी प्रभावित भएको बताएको छ ।

गत साता अस्ट्रेलियाली सरकारले आगामी वर्षसम्म मुलुकको अधिकांश सिमाना बन्दै रहने घोषणा गरेको थियो । साथै सरकारले क्वान्तासलाई न्युजिल्यान्डतर्फको बाहेक अन्य सम्पूर्ण अन्तर्राष्ट्रिय उडान अक्टोबरको उत्तराद्र्धसम्म रद्द गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्