सबैभन्दा जेठो मानिएका वृद्ध संक्रमण मुक्त



अदिस अबाबा,(एजेन्सी)

कम्तीमा एक सय वर्ष उमेर हुनुपर्ने अनुमान गरिएका एकजना पुरुष कोरोना भाइरस संक्रमणको उपचारबाट निको भएपछि उनको उपचारमा संलग्न डाक्टरहरूले बीबीसीसमक्ष खुसी र आश्चर्य प्रकट गरेका छन् ।

अवा तिलाहुन वोल्डेमाइकलका परिवारले भने उनको उमेर १ सय १४ वर्ष भएको र उनी विश्वकै सबैभन्दा पाको उमेरका मानिस भएको दाबीसमेत गरेका छन् ।

तर उनको उमेर यकिन गर्नका लागि उनीसँग जन्म दर्ता प्रमाणपत्र नभएको बताइएको छ । अहिले उनको नातिले घरमा उनको हेरचाह गरिरहेका छन् । राजधानी अदिस अबाबामा गरिएको कोरोना परीक्षण अभियानको क्रममा उनी पोजिटिभ भएको फेला परेको थियो ।

डा. हिलुफ एवेटले कोरोनाको लक्षण देखिनुअघि नै उनलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् । १४ दिन लामो उपचारको क्रममा उनलाई सात दिन जति अक्सिजना दिइएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्