इरानमा भएको विस्फोट आशंको घेरामा



दुबई (एजेन्सी)
इरानको राजधानी तेहरानमा शुक्रबार भएको एक शक्तिशाली विस्फोटलाई लिएर इरानको परमाणु महत्वाकांक्षाको आशंकालाई पुन एक पटक चर्चामा ल्याएको छ ।
उक्त विस्फोटको स्याटलाइट तस्विर अगाडी आएपछि विशेषज्ञहरुले उक्त स्थल इरानको गोप्य क्षेप्यास्त्र निर्माण केन्द्र भएको बताएका छन् ।
विस्फोट एक टनेलमा भएका हो जहाँ इरानले गोप्य रुपमा क्षेप्यास्त्र तयार गर्छ । शुक्रबार विस्फोटको घटनापछि इरानको परमाणु कार्यक्रमलाई लिएर वादविवाद चर्केको छ । यो घटनापछि इरान सरकारका तर्फबाट असामान्य प्रतिक्रिया आइरहेको छ जसले आशंका झन गहिरिएको छ ।
विस्फोट भएको इलाका इरानका लागि अत्यन्त संवेदनशिल क्षेत्र मध्यको एक हो । करिब दुई दशक अघि सोही इलाकामा इस्लामिक रिपब्लिकले हाई एक्सप्लोसिव न्युक्लियर वेपन परीक्षण गरिएको थियो ।
अलबोर्ज पहाड क्षेत्रमा शुक्रबार भएको उक्त विस्फोटले घरहरु हल्लिएका थिए, झ्यालहरु थर्केको र आकास उज्यालो भएको थियो । सरकारी टेलिभिजन अनुसार विस्फोटपछि आकाशको धेरै उचाइसम्म धुँवा फैलिएको थियो । रक्षा मन्त्रालयका प्रवक्ता दाउद आवदीले ग्यास चुहावतका कारण ट्याकर विस्फोट भएको जानकारी दिए । घटनामा कसैको ज्यान नगएको र उक्त पहाडी क्षेत्र एक सार्वजनिक स्थान भएको बताए ।

प्रतिक्रिया दिनुहोस्